बिहीबार, असोज २२, २०८३

'रुदाने'को ट्रेलर सार्वजनिक

विद्रोही नेता रुपचन्द्र विष्ट (रुदाने) को बारेमा बनेको चलचित्र ‘रुदाने’ को ट्रेलर सार्वजनिक भएको छ।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं– विद्रोही नेता रुपचन्द्र विष्ट (रुदाने) को बारेमा बनेको चलचित्र ‘रुदाने’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्म थाहा दर्शनका अभियन्ता, दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित छ। ‘रुदाने’ नाम रुपचन्द्र आफैंले राखेको उपनाम हो। 

रुपचन्द्र विष्टको जीवन र संघर्षमा आधारित यो फिल्ममा विष्टको भूमिका कलाकार दिव्यदेवले निभाएका छन्। दिव्यदेवका साथै फिल्ममा नम्रता श्रेष्ठ, रवि गिरी, सुभास गजुरेल, अम्बेर सुवेदी लगायत कलाकारहरुको अभिनय छ।

फिल्ममा अमित किशोर सुवेदी र विकास ढकालको अनुसन्धान, लेखन र निर्देशन रहेको छ। दावनल क्रियसनले निर्माण गरेको फिल्मका प्रमुख कार्यकारी निर्माता जागृत रायमाझी हुन्। त्यसैगरी सहनिर्मातामा भानुभक्त थापा र सहायक निर्मातामा पदमकेशर कटुवाल र सहदेव प्रसाद सापकोटा छन्। 

प्रकाशित: Sep 30, 2021| 17:42 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।