मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इक्वेडर जेलको झडपमा मृत्यु हुनेको संख्या ११६ पुग्यो, नियन्त्रण गर्न ४ सय प्रहरी परिचालन

इक्वेडर जेलको झडपमा मृत्यु हुनेको संख्या ११६ पुग्यो, नियन्त्रण गर्न ४ सय प्रहरी परिचालन

इक्वेडरको एक कारागारमा मंगलबारबाट सुरु भएको आपसी झडपमा परी मृत्यु हुनेको संख्या ११६ जना पुगेको छ।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

क्विटो (इक्वेडर)- इक्वेडरको एक कारागारमा मंगलबारबाट सुरु भएको पटकपटकको आपसी झडपमा परी मृत्यु हुनेको संख्या ११६ जना पुगेको छ। इक्वेडरको ग्वायुकिल सहरको जेलमा भएको उक्त झडपमा परी ५० भन्दा बढी घाइते भएको बीबीसीले जानकारी दिएको छ। 

National life

कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा परेर उनीहरु मारिएका हुन्। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। तर बिहीबार बिहान विस्फोट र बन्दुक पड्केको समेत आवाज सुनिएको स्थानीयले बताएका छन्।

लगातार झडपका शृंखला बढ्दै गएपछि स्थानीय प्रशासनले त्यहाँ ४ सयभन्दा बढी प्रहरी परिचालन गरिएको बताइएको छ। 

गत फेब्रुअरी महिनामा पनि यहाँका तीन कारागारमा झडप भएको थियो र त्यसमा परेर ७९ जनाको ज्यान गएको बताइएको थियो।

प्रकाशित: Sep 30, 2021| 17:18 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।