काठमाडौं- बैंकिङ कसुर मुद्दामा १० लाख जरिवाना फैसला सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन्। १० लाख जरिवाना सुनाइएका काठमाडौं जिल्ला, कामनपा-६ का ६७ वर्षीय नारायण भक्त संगतलाई बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कामनपा-७ बाट पक्राउ गरेको हो।
आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्याएर उनले सिटिजन्स बैंकको चेक दिएका थिए। उक्त विषयमा पीडितले उजुरी दिएपछि उच्च अदालत पाटनले गत वर्ष माघ २७ गते १० लाख जरिवाना हुने फैसला सुनाएको थियो।
उनलाई ५ दिन कैदसमेत हुने फैसला अदालतले सुनाएको छ।