काठमाडौं- समान्य प्रशासनसँग सम्बन्धित २१ वटा रिट निवेदनहरूको सुनुवाई सर्वोच्च अदालतले स्थगित गरेको छ। सर्वोच्च अदालतले विहीबारका लागि तोकिएको कर्मचारी समयोजन सम्बन्धी मुद्दाको पेसी सर्वोच्च अदालतले मुद्दाको सुनुवाई एकसाथ स्थगित गरेको हो।
यसअघि समायोजनमा परेका स्थानीय तहमा कार्यरत कर्मचारीले दायर गरेको रिट निवेदनमा अदालतले संघअन्तर्गत नै रहने भन्दै अन्तरिम आदेश दिएपछि लोकसेवा आयोग अनिर्णयको बन्दी बनिरहेको छ।
सर्वोच्च अदालतले समायोजन उल्टिएका कर्मचारीको सिट सुरक्षित गरेर मात्रै नयाँ भर्ना गर्नू भनी आदेश दिएपछि लोकसेवा आयोगले शाखा अधिकृतको नतिजा रोकेको छ भने अरु परीक्षाहरू पनि स्थगित गरेको छ।
पुराना कर्मचारीको समायोजनले आफूहरूको सेवा प्रवेश गर्ने अवसर अवरुद्ध भएको भनी परीक्षा दिएका कर्मचारीले समेत सर्वोच्च अदालतमा मुद्दा हालेका छन्।
सर्वोच्च अदालतले ती सबै निवेदनको एकमुष्ट सुनुवाई हुनुपर्ने भन्दै तीन सदस्यीय पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ।