मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकी सिनेटमा तालिबानलाई समर्थन गर्ने देशमाथि प्रतिबन्ध गर्ने विधेयक पेश

अमेरिकी सिनेटमा तालिबानलाई समर्थन गर्ने देशमाथि प्रतिबन्ध गर्ने विधेयक पेश

अमेरिकाका २२ रिपब्लिकन सिनेटरले तालिबानलाई समर्थन गर्ने सबै विदेशी सरकारहरूमाथि प्रतिबन्ध लगाउने विधेयक पेश गरेको छ।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

अमेरिकाका २२ रिपब्लिकन सिनेटरले तालिबानलाई समर्थन गर्ने सबै विदेशी सरकारहरूमाथि प्रतिबन्ध लगाउने विधेयक पेश गरेको छ।

National life

जिम रिसले सिनेटमा विधेयक पेश गर्दै भनेका छन्, 'हामी अफगानिस्तानबाट अमेरिकाको राष्ट्रपति जो बाइडेन प्रशासनको अदुरदर्सी कदमको ध्यान राखिरहेका छौं। थाहा छैन कति अमेरिकी नागरिक र अफगान सहयोगीलाई अफगानिस्तानको खतरामै छोडियो। हामी अमेरिकाको विरुद्ध एक नयाँ आतंकवादी खतराको सामना गरिरहेका छौं। महिलाहरूको अधिकार हनन् गरेर तालिबान गलत तरिकाबाट संयुक्त राष्ट्र संघबाट मान्यता चाहन्छ।'

अमेरिकी एक शीर्ष सैन्य जनरलले तालिबान २०२० को दोहा सम्झौताको सम्मान गर्नमा विफल रहेको र संगठन अहिलेसम्म पनि अलकायदासँग अलग नभएको जनाए।

यूएस ज्वाइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल मार्क मिलेले सिनेटको समिति समक्ष भनेका छन्, 'दोहा समझौताका अनुसार तालिबानले केही सर्त पुरा गरेपछि अमेरिकाले सेना फिर्ता गर्नुपर्ने थियो। त्यसबाट तालिबान र अफगानिस्तानको सरकारका बीचमा एक राजनीतिक सम्झौता हुनु आवश्यक थियो।'

उनले सम्झौता अनुसार तालिबानले सात र अमेरिकाले आठ सर्त पुरा गर्नुपर्ने बताए। 'तालिबानले अमेरिकी सेनामाथि हमला गरेन। त्यो एक सर्त थियो। तर, दोहा सम्झौता अनुसार अन्य सर्त पूरा गर्न भने तालिबान पूर्ण रूपमा विफल भएको छ। अर्को महत्त्वपूर्ण कुरा भनेको अहिलेसम्म पनि तालिबानले अलकायदासँगको सम्बन्ध तोडेको छैन', मिलेले भने।

Laxmi sunrise bank
kumari

अधिकारीहरूले भने अमेरिकाले आफ्ना सबै सर्त पुरा गरेको दाबी गरेका छन्। अमेरिकाले चाहेको सर्तमा अफगानिस्तानमा युद्ध समाप्त नभएको उनीहरूको दाबी छ।

- एजेन्सी

प्रकाशित: Sep 30, 2021| 11:00 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।