सोमबार, असार २२, २०८३

च्याम्पियन्स लिगको साबिक विजेता चेल्सी युभेन्टससँग पराजित

इटालिनय टिम युभेन्टससँग डिफेन्डिङ च्याम्पियन चेल्सी युरोपियन च्याम्पियन्स लिगमा पराजित भएको छ।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं– इटालिनय टिम युभेन्टससँग डिफेन्डिङ च्याम्पियन चेल्सी युरोपियन च्याम्पियन्स लिगमा पराजित भएको छ।

बुधबार राति युभेन्टसको मैदानमा सम्पन्न खेलमा चेल्सीले घरेलु टिमसँग १–० गोलको हार बेहोरेको हो।

युभेन्टसको जितका लागि फेडेरिको किएजाले निर्णायक गोल गरेका थिए। पहिलो हाफमा गोलरहित बराबरी भएपछि दोस्रो हाफको पहिलो मिनेटमा गोल गर्दै किएजाले युभेन्टसलाई अग्रता दिलाएका थिए।

यता ७४ प्रतिशत समय बलमा नियन्त्रण राख्दै युभेन्टसको पोस्टतर्फ १६ प्रहार गरे पनि चेल्सीका कुनै प्रहार सफल भएनन्। निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले समान १–१ पटक मात्र पोस्टको सही दिशामा प्रहार गर्न सफल भएका थिए।

सोही क्रममा युभेन्टसले संघर्षपूर्ण जित निकाल्दै समूह एचमा ६ अंक बनाएको छ। दुई जितका साथ युभेन्टस शीर्षस्थानमा छ भने ३ अंक बनाएको चेल्सी दोस्रो स्थानमा छ।

यता तेस्रो स्थानमा जेन्टको पनि समान ३ अंक छ।
प्रकाशित: Sep 30, 2021| 06:57 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।