सोमबार, असार २२, २०८३

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्‍वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन्।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं- नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्‍वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन्।

ललितपुरमा भएको निर्वाचनमा बुधबार पूर्व उपाध्यक्ष समेत रहेका रवीराज थापालाई विष्टले हराएका हुन्। नेपाली ओलम्पियन खेलाडीहरुको आधिकारीक संस्था ओलम्पियन्स संघको निर्वाचनमा १५ सदस्य नयाँ कार्यसमिति पनि चयन भएको हो। 

नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आवद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भएको हो। 

समितिको महिला उपाध्यक्षमा संगिना वैद्य, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा निर्विरोध चयन हुनुभएको हो । नेपाल ओलम्पियन्स संघको विधानमा २ उपाध्यक्षमा एक महिला अनिवार्य छ। जसमा संगिना निर्वाचित भएकी छन् भने अर्को एक उपाध्यक्षमा प्रविण तुलाधर निर्वाचित भएका छन्। 

निर्वाचित भएपछि कार्यक्रममा बोल्दै दीपक विष्टले ओलम्पियन र ओलम्पिक मुभमेन्टलाई गर्व हुने खालको काम बताए। उनले नेपालमा ओलम्पिकलाई धेरै हेपाह पाराले हेर्ने गरिएको र पदकधारी खेलाडीलाई मात्रै मान्‍ने परम्परा आफू निर्वाचित कार्यसमितिले तोड्ने बताए। उनले संघमा आफू राजनीति गर्न नआएको भन्दै यो समितिले काम गरेर देखाउने प्रतिबद्धतासमेत व्यक्त गरे।

नव–निर्वाचित १५ सदस्यमा राजकुमारी पाण्डे, विमला रानामगर, कान्छीमाया कोजू, प्रमिला रिजाल, मुकुन्दहरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, सफलराम श्रेष्ठ र रञ्जन श्रेष्ठ रहेका छन्।

प्रकाशित: Sep 29, 2021| 20:19 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।