सोमबार, माघ ५, २०८२

एथलेटिक्सका ३१ जनाले लिए राष्ट्रियस्तरको प्रशिक्षक तालिम

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका ३१ जना सहभागी भएका थिए। सहभागीमध्ये ३० जनाले प्रयोगात्मक र लिखित दुबै परीक्षा उत्तीर्ण गरेका छन्।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं- प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले आयोजना गरेको एक हप्ते प्रशिक्षक तालीम सम्पन्‍न भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशका  १३ जिल्लाका ३१ जना सहभागी भएका थिए। सहभागीमध्ये ३० जनाले प्रयोगात्मक र लिखित दुबै परीक्षा उत्तीर्ण गरेका छन्।

National life

सहभागी र उत्तीर्णहरुलाई परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले प्रमाणपत्र प्रदान गरेका थिए। सबै जिल्लामा हुने स्थानीय स्तरका, जिल्ला स्तरका र प्रदेश स्तरका सबै प्रतियोगिता र तालिमहरु सञ्‍चालन गर्न उक्त तालिमले दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको सदस्यसचिव भण्डारीले बताए।

सहभागी प्रशिक्षार्थी मध्येका दोलाखाकी अन्जना शिवकाकोटी र रामेछापका लालबहादुर थापाले प्रशिक्षण अवधिभरको आफ्नो अनुभव व्यक्त गर्दै प्रशिक्षण कार्यक्रम अत्यन्तै उपयोगी भएकोले यस्तो प्रशिक्षण कार्यक्रम प्रत्येक वर्ष हुनुपर्ने बताए।

प्रशिक्षार्थीहरुलाई नेपाल एथलेटिक्स संघका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ, प्रशिक्षकहरु धनिराम चौधरी र कान्ति महतोले प्रशिक्षण दिएका थिए।


प्रकाशित: Sep 29, 2021| 19:58 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।