सोमबार, माघ ५, २०८२

क्यानका सचिव र उपाध्यक्षद्वारा राजीनामा

नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले पदबाट राजीनामा दिएका छन्।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले राजीनामाको घोषणा गरेका हुन्।

National life

क्यानलाई स्थापित गर्न आफू नेतृत्वमा आएको र त्यसमा सफल भएपछि पुरानो योजना अनुसार राजीनामा दिएको प्याकुरेलले बताए। 'आईसीसीबाट निलम्बनबाट पूर्ण फुकुवा भएपछि राजीनामा दिन सोचेको थिएँ,' उनले भने, 'अलि ढिला भएको हो। यो हाम्रो पहिलेकै योजना हो।' 

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले गठन गरेको स्वतन्त्र कमिटीको समन्वयमा २०७६ सालको असोज ११ गतेको निर्वाचनबाट प्याकुरेल सचिवमा निर्वाचित भएका थिए।

प्याकुरेल चतुरबहादुर चन्दको प्यानलबाट प्रत्यासी विनोद कुमार मैनालीलाई हराएर सचिवमा निर्वाचित भएका थिए। यस्तै श्रेष्ठ पनि चन्द प्यानलबाट मिङ्मा डाण्डु शेर्पालाई हराएर उपाध्यक्षमा निर्वाचित भएका थिए।

क्यानमा नयाँ नेतृत्व आएपछि २०७६ को असोज २७ गते आईसीसीले तीन वर्षपछि क्यानको निलम्बन सशर्त फुकुवा गरेको थियो। अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले क्यानलाई निलम्बन गरेको थियो। 

Laxmi sunrise bank
kumari

राजीनामा दिएका दुवै जनाको सम्बन्ध अध्यक्ष चन्दसँग बिग्रिएको चर्चा हुन थालेको थियो। 

प्रकाशित: Sep 29, 2021| 19:03 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।