बिहीबार, माघ १५, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • ३८ क्‍विन्टल सुन तस्करी मुद्दा: १३ कानुन व्यवसायीले गरे १४ जना प्रतिवादीका पक्षमा बहस

३८ क्‍विन्टल सुन तस्करी मुद्दा: १३ कानुन व्यवसायीले गरे १४ जना प्रतिवादीका पक्षमा बहस

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण एवं करिब ३८ क्‍विन्टल सुन तस्करीसम्बन्धी मुद्दामा बुधबार १३ जना कानुन व्यवसायीले १४ जना प्रतिवादीका पक्षमा बहस गरेका छन्।
 |  बुधबार, असोज १३, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, असोज १३, २०७८

विराटनगर- मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण एवं करिब ३८ क्‍विन्टल सुन तस्करीसम्बन्धी मुद्दामा बुधबार १३ जना कानुन व्यवसायीले १४ जना प्रतिवादीका पक्षमा बहस गरेका छन्। 

National life

मुद्दामा प्रतिवादी बनाइएकामध्ये दुई प्रहरी अधिकारीसहित १४ जना प्रतिवादीको प्रतिरक्षामा बहस गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। उनका अनुसार अधिवक्ताहरु विनोद तिमल्सिना, विकाश थापा, सरोज अधिकारी, कला त्रिताल, हेमराज पन्त, गणेशराज लुइँटेल, ज्ञानेन्द्र थापा, भरतप्रसाद खरेल, रमेश महर्जन, शान्तिराम भण्डारी, रामप्रसाद भाण्डारी, अमरबहादुर राउत र रामबहादुर शर्माले प्रतिरक्षामा बहस गरेका हुन्। 

कानुन व्यवसायीहरुले प्रतिवादीहरु सञ्‍जयबहादुर राउत, श्यामबहादुर खत्री, राजन थापा, अम्मरमान ढंगोल, माधव भनिने मदन घिमिरे, मोतीराम श्रेष्ठ, एलबी भनिने लालबहादुर मगर, राजु महर्जन, डेबिट छिरिङ वाङेल घले, शैयद अकबर साह, रामकुमार तिवारी, सुनील श्रेष्ठ, गीता श्रेष्ठ लगायतको पक्षमा बहस गरेका हुन्। प्रतिवादीमध्ये नेपाल प्रहरीका एसएसपी खत्री र डीएसपी राउत जिल्ला अदालत मोरङको आदेशबाट थुनामा छन्।

उनीहरुका हकमा उच्च अदालत विराटनगरले पनि जिल्लाकै आदेश सदर गरेको थियो। सुन तस्करी र सनम हत्यामा संलग्‍नता नरहेको भन्दै प्रतिवादीले सफाइ पाउनुपर्ने दाबी बहसका क्रममा कानुन व्यवसायीहरुले प्रस्तुत गरेका छन्। 

मुद्दाको अन्तिम सुनुवाइ न्यायाधीश भरत लम्सालको इजलासमा गत आइतबारदेखि भइरहेको छ। फैसलाको चरणमा रहेको मुद्दामा प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सकिएपछि वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलले प्रतिउत्तर बहस गर्ने छन्। 

Laxmi sunrise bank
kumari

२०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्‍चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले मुद्दा दर्ता गरेको थियो। 

१७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी सरकार पक्षको छ।


प्रकाशित: Sep 29, 2021| 18:41 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।