शुक्रबार, भदौ ५, २०८३

माओवादीले भन्‍यो - सरकार विस्तार ढिलाइको मुख्य कारण कानुनी जटिलता

नेकपा माओवादी केन्द्रले सरकार विस्तारमा ढिलाइ हुनुको मुख्य कारण कानुनी जटिलता भएको ठहर गरेको छ।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रले सरकार विस्तारमा ढिलाइ हुनुको मुख्य कारण कानुनी जटिलता भएको ठहर गरेको छ। 

माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सरकार विस्तारको बारेमा पनि छलफल भएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिएका छन्। उनले अहिलेसम्म सरकार विस्तारमा ढिलाइ हुनुमा कानुनी जटिलता नै मुख्य कारण भएको बताएका छन्। 

तर, अहिले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएपछि अब सरकारलाई पूर्णता दिन सहज भएको पनि उनले बताए। उनले संसद् खुलाउनुपर्ने र यसको लागि विपक्षी दलसँग छलफल गर्नुपर्ने विषयमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएकोसमेत जानकारी दिए। 

उनले भने, ‘प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुपर्छ भन्‍नुभएको छ। अहिले विपक्षी दलले सदन अवरुद्ध गरिरहेको छ, सहमति भयो भने सदनको प्रक्रिया अघि बढ्छ। अरु विधेयकहरु छन्। आपसी सहमतिको आधारमा सदन अघि बढाउनुपर्छ।'

प्रकाशित: Sep 29, 2021| 18:17 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...