सोमबार, असार २२, २०८३

ईपीएलमा भैरहवाको अपराजित यात्रा कायमै

जारी ईपीएलमा विराटनगर वारियर्सले भैरहवा ग्ल्याडियटर्ससँग ६ विकेटको हार बेहोरेको छ। टस हारेर ब्याटिङमा आएको विराटनगरले १७ ओभर ४ बलमा ७९ रन बनाएर अलआउट भएको थियो।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं– जारी ईपीएलमा विराटनगर वारियर्सले भैरहवा ग्ल्याडियटर्ससँग ६ विकेटको हार बेहोरेको छ। टस हारेर ब्याटिङमा आएको विराटनगरले १७ ओभर ४ बलमा ७९ रन बनाएर अलआउट भएको थियो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा दिलसाना मुनवेराको २५ रन सहयोगमा विराटनगरले ७९ रन बनाएको थियो। जवाफी ब्याटिङमा भैरहवाले १५.३ ओभर खेल्दै ४ विकेट गुमाएर ९० रनको लक्ष्य पूरा गर्यो।

भैरहवाका लागि उपुल थरंगाले  ३४ रन र  प्रदिप ऐरीले २२ रन बनाए। त्यस्तै, तामिम एक्वाएल र रोहित पौडेलले समान १२–१२ रन बनाए।

त्यसबाहेक सुमित महर्जनले १३, आसिफ सेख र अनिल साहले समान ११–११ रन बनाए। यता विराटनगरका रामनरेश गिरीले २ विकेट लिए भने करण केसी र वसन्त रेग्मीले समान १–१  विकेट गिराए।

पहिलो इनिङमा भैरहवाका धम्मिका प्रसाद र आरिफ सेखले समान ३–३ विकेट गिराए। त्यस्तै, कृष्ण कर्की र दुर्गेस गुप्ताले समान १–१ विकेट गिराए। अभिनास बोहराले २ विकेट लिए।

भैरहवाका किफायती बलरसामु विराटनगरका करण केसी, चन्द्रपल हेमराज र प्रतिस जिसी शून्य रनमा आउट भए। आजको पहिलो खेलमा पोखराले चितवनलाई ९ विकेटले जितेको थियो। चितवन र भैरहवाको समान ३–३ अंक छ।


प्रकाशित: Sep 29, 2021| 17:06 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।