काठमाडौं– जारी ईपीएलमा विराटनगर वारियर्सले भैरहवा ग्ल्याडियटर्ससँग ६ विकेटको हार बेहोरेको छ। टस हारेर ब्याटिङमा आएको विराटनगरले १७ ओभर ४ बलमा ७९ रन बनाएर अलआउट भएको थियो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा दिलसाना मुनवेराको २५ रन सहयोगमा विराटनगरले ७९ रन बनाएको थियो। जवाफी ब्याटिङमा भैरहवाले १५.३ ओभर खेल्दै ४ विकेट गुमाएर ९० रनको लक्ष्य पूरा गर्यो।
भैरहवाका लागि उपुल थरंगाले ३४ रन र प्रदिप ऐरीले २२ रन बनाए। त्यस्तै, तामिम एक्वाएल र रोहित पौडेलले समान १२–१२ रन बनाए।
त्यसबाहेक सुमित महर्जनले १३, आसिफ सेख र अनिल साहले समान ११–११ रन बनाए। यता विराटनगरका रामनरेश गिरीले २ विकेट लिए भने करण केसी र वसन्त रेग्मीले समान १–१ विकेट गिराए।
पहिलो इनिङमा भैरहवाका धम्मिका प्रसाद र आरिफ सेखले समान ३–३ विकेट गिराए। त्यस्तै, कृष्ण कर्की र दुर्गेस गुप्ताले समान १–१ विकेट गिराए। अभिनास बोहराले २ विकेट लिए।
भैरहवाका किफायती बलरसामु विराटनगरका करण केसी, चन्द्रपल हेमराज र प्रतिस जिसी शून्य रनमा आउट भए। आजको पहिलो खेलमा पोखराले चितवनलाई ९ विकेटले जितेको थियो। चितवन र भैरहवाको समान ३–३ अंक छ।