सोमबार, असार २२, २०८३

समूह विजेता बन्दै पुलिस अन्तिम आठमा

पुलिस समूह विजेता बन्दै च्याम्पियनसिपको क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भएको छ। पुलिसले समूह चरणमा तीन खेलमा विजयी बन्दै कुल ९ अंक जोड्न सफल भएको हो।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं- विभागीय टोली नेपाल पुलिस क्लब एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ मा बुधबार गण्डकी प्रदेशलाई पराजित गर्दै समूह 'बी'बाट बिजेता बनेको छ।

पुलिस समूह विजेता बन्दै च्याम्पियनसिपको क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भएको छ। पुलिसले समूह चरणमा तीन खेलमा विजयी बन्दै कुल ९ अंक जोड्न सफल भएको हो।

पुलिसले गण्डकीलाई २५–१४, २५–१४, २५–१८ को सहज जित निकालेको हो। पुलिससँग पराजित भएको गण्डकी प्रदेश पनि समूह उपविजेताको रूपमा अन्तिम ८ मा स्थान बनाएको छ।

यस्तै सोही समूहको आज सम्पन्न अन्तिम खेलमा मणिमुकुन्द भलिबल क्लबले दावाँली मिलन क्लबलाई ३–१ को सान्त्वना जित निकाल्यो। मणिमुकुन्दले दावाँलीलाई २५–१६, २१–२५, २५–१५ र २५–२३ ले पराजित गरेको हो।

दशरथ रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा भारतिय खेलाडी सम्मिलित टिपटप हेल्प नेपालले सनसनीपूर्ण खेलमा गलकोट स्पोर्टस् क्लबमाथि ३–१ को जित निकाल्यो। हेल्प नेपालले गलकोटलाई २५–१८, २२–२५, २५–२२ र २५–१९ ले पराजित गर्दै समूह ए को बिजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरेको हो। यस समूहबाट गलकोट स्पोर्टस् क्लब उपविजेता भयो।

चैत्र महिनमा आयोजना हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि यसै खेलका आधारमा पुरुष तर्फ ७ र महिला तर्फ ५ टिमले स्थान बनाउने छन्।

च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान ४ लाख नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै दोश्रोले २ लाख र तेश्रोले १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन्।

च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५ हजार र विधा अन्तरगत स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही नगद १० हजार प्राप्त गर्ने छन्।

प्रकाशित: Sep 29, 2021| 15:48 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।