काठमाडौं- एभरेस्ट प्रिमियर लिग ईपीएलमा पोखरा राइनोजले ललितपुर प्याट्रिओट्सलाई हराउँदै पहिलो जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरले लगातार दोस्रो हार बेहोर्दा पोखराले पहिलो जित निकलेको हो।
मौसमको खराबीका कारण ७ ओभरमा घटाइएको खेलमा पोक्गराले टस जितेर फिल्डिङ रोजेको थियो। उसका नन्दन यादवले ललितपुरको तीन विकेट गिराए।
त्यस्तै, विक्रम सोबले २ र केसरिक विलियम्सले एक विलेट लिए। यसक्रममा ललितपुरका दन्दुम वेराकोडीले १९ र नारायन जोशीले ११ रन बनाए। ललितपुरले निर्धारित पूरा ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो।
जवाफी ब्याटिङमा रिचार्ड लेभी ३८ रन सहयोगमा एक विकेट गुमाउँदै पोखराले तीन बल बाँकी राखेर ५५ रन बनाएर लक्ष्य पूरा गर्यो।
यससँगै पोखराले ३ अंक बनाएको छ। ललितपुर अंकविहीन छ। खेलमा म्यान अफ द म्याच नन्दन यादव भए।