सोमबार, असार २२, २०८३

ईपीएलमा ललितपुरको दोस्रो हार, पोखराको पहिलो जित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरले लगातार दोस्रो हार बेहोर्दा पोखराले पहिलो जित निकलेको हो।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं- एभरेस्ट प्रिमियर लिग ईपीएलमा पोखरा राइनोजले ललितपुर प्याट्रिओट्सलाई हराउँदै पहिलो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरले लगातार दोस्रो हार बेहोर्दा पोखराले पहिलो जित निकलेको हो।

मौसमको खराबीका कारण ७ ओभरमा घटाइएको खेलमा पोक्गराले टस जितेर फिल्डिङ रोजेको थियो। उसका नन्दन यादवले ललितपुरको तीन विकेट गिराए।

त्यस्तै, विक्रम सोबले २ र केसरिक विलियम्सले एक विलेट लिए। यसक्रममा ललितपुरका दन्दुम वेराकोडीले १९ र नारायन जोशीले ११ रन बनाए। ललितपुरले निर्धारित पूरा ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो।

जवाफी ब्याटिङमा रिचार्ड लेभी ३८ रन सहयोगमा एक विकेट गुमाउँदै पोखराले तीन बल बाँकी राखेर ५५ रन बनाएर लक्ष्य पूरा गर्‍यो।

यससँगै पोखराले ३ अंक बनाएको छ। ललितपुर अंकविहीन छ। खेलमा म्यान अफ द म्याच नन्दन यादव भए।

प्रकाशित: Sep 29, 2021| 15:31 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।