शुक्रबार, भदौ ५, २०८३

सभामुख सापकोटाविरुद्धको मुद्दाको पेसी संवैधानिक इजलासमा

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा दायर मुद्दाको पेसी संवैधानिक इजलासमा तोकिएको छ।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा दायर मुद्दाको पेसी संवैधानिक इजलासमा तोकिएको छ। सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा पूर्णिमाया लामा लगायतले दायर गरेको मुद्दाको सुनुवाइका लागि बुधबार पेसी तोकिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पहिलो नम्बरमै पेसी तोकिएको छ। यद्यपि मुद्दा सुनुवाइका लागि पटकपटक पेसी तोकिदै आए पनि स्थगित हुँदै आएको छ। 

द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाविरुद्ध अनुसन्धान हुनुपर्ने माग गर्दै २०६८ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो।

२०६२ साल १६ वैशाखमा स्कुलको निर्विरोध अध्यक्ष बनेपछि बैठक बस्न लाग्दा माओवादी कार्यकर्ताले कुरा गर्नु छ भन्दै अर्जुनलाई अपहरण गरेका थिए। त्यसपछि दुई महिनासम्म अनेक यातना दिएर हत्या गरेको दाबी पूर्णिमायाको छ।

काभ्रेकै डाडाँगाउँ, बूढाखानीमा दिउँसो आफैंलाई खाल्डो खन्न लगाएर राति त्यही खाल्डोमा जिउँदै पुरेको बयान पूर्णिमायाले दिँदै आएकी छन्। पूर्णिमायाले भनेकी छन्, ‘मेरो बूढालाई मार्ने निर्णय मिटिङ बसेर गरेका थिए रे। मिटिङमा निर्णय गर्ने अग्निप्रसाद सापकोटा नै थिए रे।’

प्रकाशित: Sep 29, 2021| 10:58 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...