शुक्रबार, भदौ ५, २०८३

देउवा र दाहालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको छ।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको छ। बुधबार बिहान बालुवाटारमा दुई नेताबीच मन्त्रिपरिषद् विस्तार र समसामयिक राजनीतिक विषयमा छलफल अएको छ। 

माओवादीको स्थायी कमिटी बैठक बस्नुअघि दाहाल देउवालाई भेट्न बालुवाटार पुगेका हुन्। माओवादी स्थायी कमिटी बैठक आजै बस्दै छ।

प्रधानमन्त्री देउवा असार १९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। साढे दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन। गठबन्धनमा रहेका चार दलबाट मन्त्री समावेश गरेर मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री देउवा छन्। प्रधानमन्त्री देउवाले गठबबन्धन दलबाट मन्त्री बन्नेको नामावली नआएकाले विस्तारमा ढिलाइ हुँदै आएको बताएका छन्।

प्रकाशित: Sep 29, 2021| 10:48 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...