सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • भलिबल च्याम्पियनसिपमा आज ६ खेल, यी टिमले गर्दैछन् प्रतिस्पर्धा

भलिबल च्याम्पियनसिपमा आज ६ खेल, यी टिमले गर्दैछन् प्रतिस्पर्धा

एनभीए राष्ट्रिय पुरुष तथा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत बुधबार ६ खेल हुँदैछन्।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं- एनभीए राष्ट्रिय पुरुष तथा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत बुधबार ६ खेल हुँदैछन्।त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा विहान ८ बजेबाट साँझसम्म खेल हुनेछन्। पुरुषतर्फ बुधबार समूह चरणको अन्तिम खेल हुँदैछ।

National life

बुधबारको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले गण्डकी प्रदेशको सामना गर्नेछ। यो खेल विहान ८ बजे नै सुरु हुनेछन्। त्यस्तै, बुधबारको दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लबले दावाँली मिलान क्लबको सामना गर्नेछ। मणिमुकुन्दले पहिलो दुवै खेलमा हार बेहोरेको कारण बुधबारको खेलमा जित निकाल्न चाहन्छन्।

उसले यसअघि पुलिस र गण्डकी प्रदेशसँग हार बोहोरेको हो। दावाँली क्लबले पनि जित निकाल्न सकेको छैन्। त्यस्तै, बुधबार दिउसों १२ बजे सुरु हुने खेलमा टिपटप हेल्प नेपालले गल्कोट स्पोर्ट्स क्लबको सामना गर्नेछ। २ बजेको खेलमा भने प्रदेश दुईले बाग्मति प्रदेशसँग खेल्नेछ।

बुधबारको खेलसँगै क्वार्टरफाइनलमा पुग्ने टिमको टुंगो लाग्नेछ। अहिलेम्म हेल्प नेपाल, आर्मी र पुलिस क्लब क्वार्टरफाइनलमा पुगिसकेका छन्। बुधबार महिलातर्फका पनि दुई खेल हुनेछन्। जसमा ढोरपाटन स्पोट्स क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ भने एभरेस्ट क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।महिलातर्फ मंगबार सम्पन्न खेलमा एपीएफ र होङ्वाङ्जी न्यु डाइमन्डले जित निकालेको थियो।

प्रकाशित: Sep 29, 2021| 08:49 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।