बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

विराटनगर सभापतिमा पौडेल समूहबाट सर्वसम्मतको प्रयास

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिकाको अधिवेशन आगामी असोज १६ गते हुँदैछ। प्रदेश १ को एकमात्र महानगरको नेतृत्व आफ्नो पक्षमा पार्न संस्थापन र इतरसमूह लागेका छन्।
 |  बुधबार, असोज १३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

विराटनगर- नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिकाको अधिवेशन आगामी असोज १६ गते हुँदैछ। प्रदेश १ को एकमात्र महानगरको नेतृत्व आफ्नो पक्षमा पार्न संस्थापन र इतरसमूह लागेका छन्। दुई उपमहानगरपालिका धरान र इटहरीमा पौडेल समूह विजयी भएकाले विराटनगरमा पनि पौडेल समूहले आफ्नो नेतृत्व स्थापित गराउन लागेको छ। 

triton college

विराटनगर महानगरको सभापतिमा ५ जनाले दाबी गर्दै आएका छन्। सभापतिका सबै आकांक्षी क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि प्रचार प्रसार र क्षेत्रीय प्रतिनिधिसँगको भेटघाटलाई तीव्र पारेका छन्। महानगर सभापतिका आकाक्षी दीपक चापागाईं, अरुण न्यौपाने, कृष्ण कार्की र प्रकाश दाहाल पौडेल समूहका नेता हुन्। सभापतिका अर्का आकांक्षी सन्तोष न्यौपाने संस्थापन समूहका नेता हुन्।

पौडेल समूहबाट सभापतिमा ४ जना आकांक्षी देखिएपछि नेताहरू सर्वसम्मतको प्रयासमा लागेका छन्। आफ्नो समूहको आधिकारिक उम्मेदवार बनाउनका लागि नेताहरूले सोमबार धनकुटाको नाम्चेमा गोप्य बैठक बसेर हालका कार्यवाहक सभापति अरुण न्यौपानेलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको श्रोतको दाबी छ। उनले भने, ‘पौडेल समूहबाट न्यौपाने आधिकारिक उम्मेदवार हुन्।’  

अरुण न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउनका लागि विराटनगर सभापति तथा महानगर प्रमुख भीम पराजुलीले राखेको प्रस्तावमा नेताहरू सहमत भएको बताइएको छ। नाम्चे बैठकको निर्णय माथिल्लो तहका नेताहरूलाई जानकारी दिइने भएको छ। सो बैठकमा नेपाली कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बु, सचिव मोदराज घिमिरे, प्रदेश सांसद केदार कार्की, विराटनगर महानगर प्रमुख भीम पराजुलीलगायतको सहभागिता रहेको थियो।

नेताहरूले न्यौपानेलाई आधिकारिक उम्मेदवार बनाउने गोप्य सहमति गरे पनि संस्थापन इतर समूहबाट आफू मात्रै आधिकारिक उम्मेदवार भएको दीपक चापागाईंले बताएका छन्। 

Metro Mart
vianet

विराटनगर महानगरपालिकाको नगर सभापति पदका लागि आफूले उम्मेदवारी घोषणा गरेको कृष्ण कार्कीले बताएका छन्। नेपाली कांग्रेस विराटनगर महानगर समितिलाई चुस्त दुरुस्त बनाउन, जनजनमा कांग्रेसलाई पुर्‍याउँदै पार्टीको सिद्धान्त, नीति अनुसार विभिन्न गतिविधि सञ्चालन गर्दै, अग्रजको सम्मान र पार्टीप्रति युवा पुस्ताको आकर्षण बढाउने अठोटका साथ उम्मेदवारी दिएको कार्कीले बताए। 

महानगर सभापतिका अर्का आकांक्षी प्रकाश दाहालले लामो समय नगर सचिव भएर पार्टी सञ्चालन गरेकाले आगामी निर्वाचनमा आफूनै संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार भएको बताएका छन्। सभापतिमा आफू भन्दा योग्य अरू कोही नभएको उनको दाबी छ। श्रोतका अनुसार दाहाललाई नगर उपसभापतिमा मिलाउने प्रयास भइरहेको छ। 

संस्थापन समूहका एक्ला उम्मेदवार न्यौपानेले कांग्रेसको संगठनलाई संस्थागत विकास गर्न सभापतिमा उम्मेदवारी प्रस्तुत गरेको बताएका छन्। उनले पनि प्रचार प्रसारलाई तीव्र पारिएको बताएका छन्।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले नगर सभापतिमा सर्वसम्मत बनाउने गरी छलफल भइरहेको बताए । 

विराटनगर महानगरनगर अधिवेशन असोज १६ गते शनिबार तय गरिएको कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले बताए। शुक्रबार मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशित गरी शनिबार बिहानैदेखि मतदान थालिने घिमिरेले बताए। उनका अनुसार १६ गते विराटनगरसहित १७ वटै स्थानीय तहमा निर्वाचन हुने छ।

प्रकाशित: Sep 29, 2021| 08:05 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।