सोमबार, असार २२, २०८३

रसियन क्लब सिरिफिसँग रियल मड्रिड पराजित

रसियन क्लब सिरिफसँग फ्रेन्च क्लब रियल मड्रिड २–१ गोलअन्तरले पराजित भएको छ।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं– रसियन क्लब सिरिफसँग फ्रेन्च क्लब रियल मड्रिड २–१ गोलअन्तरले पराजित भएको छ। रियलकै घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति सम्पन्न खेलमा रियलले हार बेहोरेको हो।

सिरिफका जासुर्बे याक्सिवोइभ र सेबस्टियन थिलले गोल गरेपछि रियल गोलअन्तरमा पछि पर्दै हार बेहोरेको हो।

एक गोलले पछि पार्दै पेनाल्टीको अवसर पाएपछि त्यसको सदुपयोग गर्दै करिम बेञ्जेमाले गोल गरेका थिए। उनले खेलको ६५ औं मिनेटमा गोल गरेसँगै खेलमा १–१ को बराबरी भयो। पछि सेबस्टियनले निर्धारित समयको एक मिनेटअघि गोल थपेपछि खेल सिरिफको पक्षमा पर्यो।

यो जितसँगै ऊ समूह डी को शीर्षस्थानमा छ भने रियल दोस्रो स्थानमा छ। समान १–१ अंक बनाएका समूह डी कै इन्टर मिलान र शख्तर डोनोटेस्क तेस्रो र चौथो स्थानमा छ।

च्याम्पियन्स लिगअन्तर्गत बोरुसिया डर्टमन्डले स्पोर्टिङ क्लबलाई १–० गोलले हराएको छ भने आयाक्सले बसिकट्सलाई २–० गोलले हराएको छ।

प्रकाशित: Sep 29, 2021| 07:41 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।