सोमबार, असार २२, २०८३

सलाह र फर्मिनो चम्किँदा पोर्टोविरुद्ध लिभरपुलको पाँच गोल

इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब पोर्टोविरुद्ध च्याम्पियन्स लिगमा सानदार जित निकालेको छ।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं– इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब पोर्टोविरुद्ध च्याम्पियन्स लिगमा सानदार जित निकालेको छ।

पोर्टोकै मैदानमा मंगलाबार राति सम्पन्न खेलमा पाहुना टिम लिभरपुलले पाँच गोल गर्दा घरेलु टिमले एक गोल मात्र फर्काउन सक्यो।

लिभरपुलका लागि मोहम्मद सालाह र रोबर्टो फर्मिनोले समान २–२ गोल गरे। त्यस्तै, सडियो मानेले पनि एक गोल गरे। सलाहले १८औं मिनेटमा र मानेले ४५औं मिनेटमा गोल गरेपछि लिभरपुलले पहिलो हाफमा २–० गोलको अग्रता बनाएको थियो।

दोस्रो हाफको ६०औं मिनेटमा सलाहले अर्को गोल थप गर्दै अग्रतालाई ३–० गोलअन्तरमा पुर्‍याएका थिए।

तर, ७४औं मिनेटमा पोर्टोका मेहेदी तारेमीले लिभरपुलको गोलअन्तर घटाएर ३–१ बनाएका थिए। सलाहको ठाउँमा ६७औं मिनेटमा मैदान छिरेका फर्मिनोले दुई गोल थपिहाले। उनले ७७औं मिनेटमा र त्यसको चार मिनेटपछि अर्को गोल गरे।

यससँगै ५–१ गोलअन्तरको सानदार जित निकालेको लिभरपुल ६ अंकका साथ अहिले समूह बीको शीर्षस्थानमा छ। पराजित पोर्टो भने तेस्रो स्थानमा छ।

मंगलबार रातिकै अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले एसी मिलानमाथि २–१ गोलको जित निकालेको छ।

२९औं मिनेटमै फ्रांक केइसाले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको मिलानविरुद्ध एट्लेटिकोका एन्टोइन ग्रिजमन र लुइस सुआरेजले दोस्रो हाफमा पुनरागमन जित निकालेका थिए।

खेलको २०औं मिनेटमा राफेल लियओले गोल गरेर अग्रता बनाए पनि एसी मिलानले अग्रता जोगाउन सकेन। पछिल्लो खेलमा पनि लिभरपुलसँग हार बोहोरेको मिलानको समूह बीमा शून्य अंक छ। एट्लेटिकोले दुई खेलबाट ४ अंक बनाएको छ।

प्रकाशित: Sep 29, 2021| 07:24 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।