सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • च्याम्पियन्स लिगमा पीएसजीले सिटीलाई हरायो, मेस्सीले गरे पहिलो गोल

च्याम्पियन्स लिगमा पीएसजीले सिटीलाई हरायो, मेस्सीले गरे पहिलो गोल

च्याम्पियन्स लिग इतिहासमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इंग्लिस क्लब पीएसजीलाई पहिलो पटक हराएको छ।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं– च्याम्पियन्स लिग इतिहासमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इंग्लिस क्लब पीएसजीलाई पहिलो पटक हराएको छ।

National life

पीएसजीको रंगशालामा मंगलबार राति सम्पन्न खेलमा पीएसजीले सिटीविरुद्ध २–० गोलको जित निकालेको हो।

पीएसजीको जितका लागि अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले पनि गोल गरेका छन्। उनले खेलको ७४औं मिनेटमा केलियन एम्बाप्पेले दिएको पासको सदुपयोग गर्दै गोल गरेका हुन्।

त्यसअघि खेलको पहिलो आठ मिनेटमै पीएसजीका इड्रिसा गुएउले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए। यता खेल अवधिभर ५४ प्रतिशत बलमा नियन्त्रण बनाए पनि सिटीले गोल गर्न भने सकेन्।

सिटीले विपक्षीको पोस्टतर्फ १८ प्रहार गरे पनि उसका कुनै प्रयास सफल रहेनन्।

Laxmi sunrise bank
kumari

यससँगै सिटीले विदेशी भूमिमा भएका अवे खेलमा जितको शृंखला तोडेको छ। उसले पछिल्ला १० अवे खेलमा हार बेहोरेको थिएन्। उसले २०१७ यता विदेशमा भएको अवे खेल हारेको थिएन्।

पीएसजीसँगको कुरा गर्दा पनि, उसले अहिलेसम्म इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराउन सकेको छैन।

पछिल्लो पाँच भेटमा पीएसजीले तीन हार बेहोरेको छ भने दुई खेल बराबरी भएका छन्। उसले यसअघि युभेन्टससँग मात्र सिटीभन्दा धेरै (आठ पटक) जितविहीन यात्रा गरेको छ।

यता गएराति जित निकालेको पीएसजी यसअघि इंग्ल्यान्डका विभिन्न क्लबसँगको पछिल्लो तीन खेलमा घरेलु मैदानमा पराजित भएको छ। पछिल्लो सिजनको नकआउटमा पनि उसले सिटीसँग नै हार बेहोरेको हो।

यो जितसँगै पीएसजी समूह ए को शीर्षस्थानमा छ। उसले दुई खेलबाट ४ अंक जोडेको छ। दोस्रो स्थानको क्लब ब्रुगको पनि समान ४ अंक छ। सिटी ३ अंकका साथ तेस्रो स्थानमा छ।

प्रकाशित: Sep 29, 2021| 07:04 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।