बुधबार, जेठ २४, २०८०

यस्तो छ कंगोमा ५ सैनिक कुट्ने ३ अफिसरको बयान [भिडियो रिपोर्ट]

कुटपिट प्रकरणको छानबिनका लागि गठन भएको ‘कोर्ट अफ इन्क्वायरी’सँग कुटिएका पाँचै जनाले आफूहरूलाई तत्कालीन गणका तीनजना सहसेनानी इन्द्रबहादुर थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले कुटेको बयान दिएका थिए। उनीहरूले दिएको बयान यस्तो छ:
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं- २०७७ असोज ८ गते कंगोस्थित नेपाली सेनाको ज्वालादल गणमा भएको कुटपिट प्रकरणमा कसरी दोषी ‘हाकिम’लाई उन्मुक्ति दिइयो, ‘निर्दोष’ सिपाहीलाई जेल हालियो, हामीले त्यसबारे अघिल्लो शृंखलामा चर्चा गरेका थियौँ।

Everest Bank

कंगोस्थित ज्वालादल गणमा त्यस रात सैनिक अमल्दार नमराज माझी मात्र होइन, अन्य तीन अमल्दार र एक प्यूठमाथि पनि ‘निर्मम’ कुटपिट भएको तथ्य पहिलोपल्ट सार्वजनिक गर्‍यौं। कुटाइ खानेहरुमा अमल्दार सन्तोष भुजेल, अमल्दार रामबहादुर पुन मगर, अमल्दार प्रताप बिसुराल र प्युठ जितबहादुर थारू थिए।

कुटपिट प्रकरणको छानबिनका लागि गठन भएको ‘कोर्ट अफ इन्क्वायरी’सँग कुटिएका पाँचै जनाले आफूहरूलाई तत्कालीन गणका तीनजना सहसेनानी इन्द्रबहादुर थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले कुटेको बयान दिएका थिए। उनीहरूले दिएको बयान यस्तो छ:

सहसेनानी इन्द्र बहादुर थापाको बयानः 

असोज ८ गतेको करिब १०:३० बजे जवानहरू मादक पदार्थ सेवन गरी हो–हल्ला गरेको विषयमा दुई जना सैनिक प्रहरीद्वारा रिपोर्ट भएपश्चात् जवान लाइनमा पुग्दा जवानहरू मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको देखेँ।

Metro Mart
worldlink

त्यसपश्चात निजहरुलाई सामेल गरी उनीहरूको अवस्था हेर्दा, सुन्दा, बोल्दा नै मादक पदार्थ सेवन गरेको प्रष्ट देखिन सकिन्थ्यो। यस क्रममा हामीसँग मादक पदार्थ चेक गर्ने कुनै पनि उपकरण नभएको र तत्काल मेडिकल नगरी प्रमाणित गर्न उपयुक्त नलागी निजको तत्कालीन अवस्थाको भिडियो भने मैले मेरो मोबाइलमा खिचेर राखेको छु। 

जवानहरू केही आवाज निकाली विरोध गरेको जस्तो, नटेरेको जस्तो, अमल्दार नमराज माझीले मुख फर्काएको र केही अस्तव्यस्त देखिन्थ्यो। उक्त स्थिति देखे पश्चात् कार्य पदिक, कार्य हुद्दालाई बोलाई निजहरुको रोहबरमा सैनिक प्रहरीद्वारा शारीरिक रुपमा मादक पदार्थ चेक जाँच गरियो र मादक पदार्थ सेवन गरेको प्रमाणित भयो। 

तत्पश्चात् निजहरुलाई सोध्दा मादक पदार्थ सेवन गरेको स्वीकार गरे र निजहरुको नाम सैनिक प्रहरीलाई टिप्न लगाई, सबक स्वरूप शारीरिक रूपमा कुनै क्षति नपुर्‍याउने हिसाबबाट एक भाटा सैनिक प्रहरी अमल्दार विक्रम गाहा मगरलाई हान्न लगाई सबैलाई लाइनमा सुत्न पठाएको थिएँ। 

सबै आ-आफ्नो कोठामा गए। तर, अमल्दार नमराज माझी भने त्यहीँ बसी ‘थप कुरा गर्नुछ’ भनी आवेशमा आएर मुख छाड्न तथा आक्रोश व्यक्त गर्न थाल्यो। त्यसपछि निजलाई सम्झाई-बुझाई गरी लाइनमा सुताउन लैजान खोज्दा हातपात गरेकाले उक्त समयमा पदीय कर्तव्य पालना गर्दा आवेशमा आई आपराधिक हिसाबले नभई, क्षति नहुने हिसाबबाट सबक सिकाउन मैँले एक पटक पाइपले निजको पुठ्ठामा हानेको हुँ। 

तत्पश्चात् निजलाई कार्य पदिक र कार्य हुद्दाको जिम्मा लगाई सुत्न पठाइएकोमा निज अमल्दार पुनः ११ : ३० बजे जर्बजस्ती मेरो कोठामा ‘कुरा गर्नुछ’ भन्दै छिर्‍यो। तर, मैले निजलाई ‘भोलि बिहान भेटी कुरा गरौँला’ भनी सम्झाई-बुझाई प्युठ जितबहादुर थारुको जिम्मा लगाएर पठाएँ। 

सह-सेनानी सुवास हुमागाईंले दिएको बयानः

असोज ८ गते बेलुका करिब १० बजे हाम्रो कोठामा दुई जना सैनिक प्रहरी जवानहरू आए। जवान लाइनमा मादक पदार्थ सेवन गरी हो–हल्ला गरेकोमा सम्झाउन नसकेको साथै अधिकांश टोली इन्जिनियर से.मु.को रहेको भनी रिपोर्ट भयो। थाहा पाए पश्चात् म ड्युटी अधिकृतको हैसियतले, सहसेनानी इन्द्र बहादुर थापा सैनिक प्रहरी अधिकृतको हैसियतले र सह–सेनानी योगेन्द्र धिताल सम्बन्धित से.मु.पतिको हैसियतले उक्त लाइनतर्फ 'मुभ' भयौं। 

उक्त स्थानमा पुग्दा अमल्दार सन्तोष भुजेल, अमल्दार रामबहादुर पुन मगर, अमल्दार नमराज माझी, अमल्दार प्रताप बिसुराल र प्युठ जितबहादुर थारु मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिँडेको  पाइयो। 

मादक पदार्थ सेवन गरेको पत्ता लगाउन मेडिकलमा कुनै पनि उपकरण नरहेको हुँदा सैनिक प्रहरी जवानहरुलाई मुख सुँघ्न लगाई पत्ता लगाउने काम भयो।

सो कुरा पत्ता लगाउँदा सैनिक प्रहरी अधिकृतले केही भिडियो समेत उतार्नु भयो। सबै हो-हल्ला गर्ने जवानहरुलाई एकै ठाउँमा भेला गरी मैले कार्य पदिक तथा कार्य हुद्दालाई रेडियो सेटबाट उक्त स्थानमा बोलाएँ। सामेल भएका सबै जनालाई 'बेन पोजिसन'मा जान भनियो। तर, अमल्दार नमराज माझी भने जान सक्ने अवस्थामा नभएको पाइयो। 

उक्त अवस्थामा सबै जवानहरु मुखमुखे लाग्ने, जवाफ फर्काउने जस्ता गतिविधि गर्न थालेपछि सबक सिकाउन गणको सैनिक प्रहरीलाई १-१ लठ्ठी हान्न लगाइयो। तत्पश्चात् सैनिक प्रहरीलाई सबै जनाको नाम टिप्न लगाएर लाइनमा सुत्न पठाइएको थियो। 

उक्त अवस्थामा अरु जवानहरु लाइनमा सुत्न गएको तर अमल्दार नमराज माझी भने अटेर गरी मुखमुखै लाग्ने, कहिले आक्रामक व्यवहार देखाउने जस्ता कार्य गर्दा निज अमल्दारलाई कुनै हानी/क्षति नहुने गरी सबक स्वरुप लठ्ठीले पुठ्ठामा हानेको हो।

निज अमल्दारसँग कुनै पनि व्यक्तिगत रिसइबी थिएन र घाइते बनाउने हेतु नभएकाले पुठ्ठामा हानेको हुँ। 

सह-सेनानी योगेन्द्र धितालले दिएको बयानः 

असोज ८ गते करिब १० बजे इन्जिनियर टोलीहरू मादक पदार्थ सेवन गरी सम्हाल्न नसक्ने अवस्थामा रहेको भनेर सैनिक प्रहरी अमल्दार निरज खनाल र अमल्दार विक्रम गाहा मगरले हामीलाई रिपोर्ट गरे। त्यसपछि मलगायत सहसेनानी सुवास हुमागाई र सैनिक प्रहरी अधिकृत इन्द्रबहादुर थापा र रिपोर्ट गर्न आएका दुई सैनिक प्रहरी इन्जिनियर जवान लाइनतिर गयौं।

त्यहाँ पुग्दा अमल्दार नमराज माझी, अमल्दार सन्तोष भुजेल, अमल्दार रामबहादुर पुन मगर, प्युठ जितबहादुर थारू र अमल्दार प्रताप बिसुराल हल्ला गरिरहेका थिए। उनीहरुलाई सैनिक प्रहरी लगाई मुख सुँघ्न लगाउँदा मादक पदार्थ सेवन गरेको पाइयो। 

हामीले बेन पोजिसनमा जान आदेश दिँदा अरुले आदेश माने। तर अमल्दार नमराज माझीले मानेनन्। सोही समयमा गण कार्य हुद्दा र कार्य पदिकलाई पनि बोलाइयो। सबैको अगाडि सैनिक प्रहरीले चेक गर्दा मादक पदार्थ सेवन गरेको पाइयो। 

अमल्दार नमराज माझीले हामीलाई गाली गरी आक्रमण समेत गरेका थिए। सोही समयमा माझीलाई सैनिक प्रहरीबाट बल प्रयोग भयो। त्यसपछि सो टोलीको नाम टिपी सैनिक प्रहरीलाई जिम्मा लगाई सुत्न पठाउँदा अरु सबै सुत्न गए तर अमल्दार माझी हामीलाई अपशब्द प्रयोग गर्न थाले। सुत्न जान अटेर गरे।

त्यसपछि तीनै जना (सहसेनानीहरू धिताल, हुमागाईं र थापा) ले एक–एक पाइपले हानेको हो। त्यसपश्चात् अमल्दार माझीलाई कार्य पदिक र कार्य हुद्दाको जिम्मा लगाई पुनः सुत्न पठायौं। अनि, हामी तीनै जना रुममा फर्कियौं। 

कंगो मिसन-५ : जेलसहित बर्खास्तीमा परेका सिपाही भन्छन्- ऊ रोइरहेको थियो, मेरो मन थामिएन


प्रकाशित: Sep 28, 2021| 10:13. 48 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।