आइतबार, मंसिर १७, २०८०
  • गृहपृष्ठ
  • प्रदेश
  • विराटनगर महानगरका अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिने

विराटनगर महानगरका अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिने

विराटनगर महानगरपालिका क्षेत्रका करिब एक हजार अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य नि:शुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ।
 |  मंगलबार, असोज १२, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

विराटनगर- विराटनगर महानगरपालिका क्षेत्रका करिब एक हजार अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य नि:शुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ।

sagarmatha cement

अपांगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत मंगलबारदेखि सुरु भएको स्वास्थ्य शिविर आगामी असोज २० गतेसम्म सञ्‍चालन हुने विराटनगर महानगरपालिकाले जनाएको छ। विराटनगरका नौवटा वडामा आठ दिनसम्म सञ्‍चालन हुने शिविरमा ९९९ जना अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिने लक्ष्य रहेको विराटनगर महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख सरोज गौतमले जानकारी  दिए।

प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका र करुणा फाउण्डेशन प्रदेश १ को आयोजनामा स्वास्थ्य परीक्षण शिविर सुरु भएको हो। अपांगता भएका व्यक्ति तथा बालबालिकाहरुलाई परिचयपत्र वितरण गर्ने, अपांगता भएका व्यक्तिहरुको अवस्था पहिचान गरी फिजियोथेरापी, जिविकोपार्जनका लागि सिपमुलक कार्यक्रम गर्ने र अपांगता भएका बालबालिकाहरुलाई शिक्षामा पहुँच उपलब्धता गराउने उद्देश्यले शिविर सुरु गरिएको गौतमले बताए।

 विराटनगरको वडा नम्बर २ वाट शिविर सुरु गरिएको छ। मंगलबार करिब ५८ जनाको स्वास्थ्य परीक्षण गरिएको करुणा फाउण्डेसन नेपाल प्रदेश १ का कार्यक्रम अधिकृत राजिवकुमार चौधरीले बताए। स्वास्थ्य शिविरमा गरिएको स्वास्थ्य परीक्षणका आधारमा व्हिल चेयर, सेतो छडी, बैशाखी, सुनाइ यन्त्र, चश्‍मा, कृतिम हातखुट्टा, औंला, फिजियोथेरापी सेवा र थप उपचारका लागि अस्पताल रेफर गरिने चौधरीले बताए।

प्रकाशित: Sep 28, 2021| 19:32 मंगलबार, असोज १२, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।