सोमबार, असार २२, २०८३

सिटीविरुद्ध पहिलो जितको खोजीमा पीएसजी

युरोपेली च्याम्पियन्स लिगमा आज मंगलबार राति पौने १ बजे उपाधि दावेदार म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलो लेगको खेल खेल्दैछन्।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगमा आज मंगलबार राति पौने १ बजे उपाधि दावेदार म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलो लेगको खेल खेल्दैछन्।

पीएसजीको मैदानमा हुने खेलमा दुवै टिम जितको लक्ष्यका साथ मैदान उत्रने छन्। फ्रेन्च क्लब पीएसजीले अहिलेसम्म इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराउन सकेको छैन।

पछिल्लो पाँच भेटमा पीएसजीले तीन हार बेहोरेको छ भने दुई खेल बराबरी भएका छन्। उसले यसअघि युभेन्टससँग मात्र सिटीभन्दा धेरै (आठ पटक) जितविहीन यात्रा गरेको छ। त्यसैले आज पीएसजीका प्रशिक्षक माउरिसियो पोचेतिनोलाई सिटीविरुद्ध जित निकाल्नैपर्ने दबाब छ।

यता पीएसजी इंग्ल्यान्डका विभिन्न क्लबसँगको पछिल्लो तीन खेलमा घरेलु मैदानमा पराजित भएको छ। पछिल्लो सिजनको नकआउटमा पनि उसले सिटीसँग नै हार बेहोरेको हो।

यता अन्तिम १० अवे खेलमा सिटी भने अपराजित छ। त्यस्तै, उसले २०१७ यता विदेशमा भएको अवे खेल हारेको छैन।

प्रकाशित: Sep 28, 2021| 18:31 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।