सोमबार, असार २२, २०८३

रोमाञ्चक खेलमा मणिमुकुन्द र गण्डकीले अंक बाँडे

गण्डकी प्रदेशले छैटौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ मा मणिमुकुन्द भलिबल क्लबसँग अंक बाँडेको छ।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं– गण्डकी प्रदेशले छैटौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ मा मणिमुकुन्द भलिबल क्लबसँग अंक बाँडेको छ। 

मंगलबार त्रिपुरेश्वरमा भएको प्रतिस्पर्धामा गण्डकीले मणिमुकुन्द क्लबसँग अंक बाँडेको हो। रोमाञ्चक एवम् प्रतिस्पर्धात्मक खेलमा भारतीय खेलाडीहरु सम्मिलित गण्डकीले पहिलो सेट २६–२४ र दोश्रो सेट ३६–३४ को कठिन जित निकालेको थियो। तर तेस्रो सेट १८–२५ ले र चौथो सेट २५–२७ ले मणिमुकुन्दलाई सुम्पन पुग्यो। अन्तिम तथा निर्णायक सेटमा गण्डकीले १५–१३ को जित निकाल्दै खेल आफ्नो पक्षमा पा¥यो।

जित निकाले पनि गण्डकीले अंक बाँड्दै आफ्नो खातामा २ अंक जोड्न बाध्य भयो। यस खेलबाट मणिमुकुन्दले १ अंक जोड्यो। यसका साथै समूह बीमा रहेको गण्डकीको ५ अंक भएको छ। यस समूहमा पुलिसको ६ अंक छ।

दशरथ रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा टिपटप हेल्प नेपालले प्रदेश नं. २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्यो। यसका साथै हेल्प नेपालको ६ अंक भएको छ। अघिल्लो दिन बागमतीलाई पराजित गर्दै ३ अंक जोडेको हेल्प नेपालले मंगलबारको खेलमा प्रदेश नं २ लाई २५–२१, २५–१७, २५–१६ ले पराजित गरेको हो।

आजै सम्पन्न महिलातर्फको प्रतिस्पर्धामा अघिल्लो संस्करणको विजेता विभागीय टोली एपिएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि ३–० को जित निकाल्यो। एपिएफले पहिलो सेट २५–११, दोश्रो सेट २५–७ र तेश्रो २५–१३ ले पराजित गर्दै आफ्नो खातामा ३ अंक जोडेको हो। यस्तै होङ्गवाङ्गजी न्यू डायमण्डले एभरेष्ट भलिबल ट्रेनिङ्ग सेन्टरलाई २५–६, २५–५, २५–१३ ले पन्छाउँदै ३ अंक जोड्न सफल भयो।

यसका साथै समूह ए बाट टिपटप हेल्प नेपाल र गलकोट स्पोर्टस् क्लब समान ६ अंकका साथ नकआउट चरणमा प्रवेश गरेका छन्। यस्तै समूह बी बाट नेपाल पुलिस क्लब र गण्डकीले अन्तिम आठको यात्रा तय गरेका छन्।

प्रकाशित: Sep 28, 2021| 18:14 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।