काठमाडौं– एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा लगातार तेस्रो खेल स्थगित भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज मंगलबार आयोजित खेलमा खराब मौसमका कारण काठमाडौं किंग्स एलेवेन र पोखरा राइनोजको खेल स्थगित भएको हो।
अब स्थगित भएको खेलका लागि ईपीएलले नयाँ तालिका सार्वजनिक गर्नेछ। हिजो सोमबार आयोजित दुवै खेल स्थगित भएका थिए। आइतबारको दोस्रो खेल पनि पूरा समय हुन नसक्दा पोखरा र भैरहवा ग्लाडियटर्सले अंक बाँडेका थिए।
सोमबार काठमाडौं र विराटनगर वारियर्सको खेल स्थगित भएको थियो भने दिउँसो भैरहवा र चितवन टाइगर्सको खेल स्थगित भएको थियो।