सोमबार, असार २२, २०८३

ओलम्पिक छनोटसमेत रहेको प्रिमियर लिग खेल्ने अनुको बिदाइ

रसियाको मस्को सहरमा आयोजना हुने कराते १ प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न जाने साग स्वर्णधारी अनु अधिकारीलाई बिदाइ गरिएको छ।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं– रसियाको मस्को सहरमा आयोजना हुने कराते १ प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न जाने साग स्वर्णधारी अनु अधिकारीलाई बिदाइ गरिएको छ। उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले सोमबार राष्ट्रिय झण्डा सहित खादा लगाएर बिदाइ गरेका हुन्।

खेलाडीलाई शुभकामना दिँदै सदस्य सचिव सिलवालले यस प्रतियोगिताले नेपाली खेलाडीहरुको स्तर मापन गर्ने र नेपाललाई विश्व खेल मञ्चमा परिचय गराउने भन्दै स्तरीय खेल प्रदर्शन गर्न र प्रतियोगिताबाट नयाँ खेल कौशल सिकेर आउन सुझाव दिए।

विश्व च्याम्पियन, ओलम्पिक च्याम्पियन लगायतका खेलाडीहरुको सहभागिता रहने र्‍याङ्किङ प्रतियोगितामा अनुले ५५ केजी मुनिको तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन्। प्रत्येक तौल समूहमा ६४ जनाले मात्र प्रतिस्पर्धा गर्न पाउने कराते प्रशिक्षक दीपक श्रेष्ठले बताएका छन्।

अनु अहिले विश्व कराते र्‍याङ्किङमा १६३ औं स्थानमा छिन्। यस लिगमा उच्च १० स्थान हासिल गर्ने खेलाडीहरु ओलम्पिकका लागि स्वतः छनोट हुने अनुले जानकारी गराइन्। यो लिग आउँदो ओलम्पिकका लागि सुरुवाती चरण भएको समेत अधिकारीले बताइन्।

प्रत्येक तौल समूहमा विश्वका ६४ जना मात्र खेलाडीहरुले सहभागिता जनाउन पाउने यस प्रतियोगितामा सहभागिता हुनका लागि कराते महासंघले आयोजना गर्ने विभिन्न सिरिज प्रतियोगिताहरुमा सहभागिता र जितका आधारमा र्‍याङ्किङ्गका लागि प्राप्त अंकका आधारमा उच्च ५० भित्र परेका खेलाडीहरुले स्वतः छनोट चरण पार गर्नेछन्। बाँकी १४ जना २०० औ वरियताभित्र परेका खेलाडीहरुले लिगका लागि दर्ता खुलेको अवस्थामा जति सक्दो चाँडो नाम दर्ता गर्न सकेमा मात्र सहभागिता जनाउन पाउने प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराए।

अरुबेला १५० भित्रका खेलाडीहरुले मात्र सहभागिताका लागि नाम दर्ता गर्न पाउने भएता पनि यस पटक कोभिडका कारण सिरिजहरु नभएका कारण २०० भित्रका खेलाडीहरुले नाम दर्ता गर्न पाउने प्रावधान कराते महासंघले गरेकाले अनु यस लिगका लागि छनोट हुन सफल भएको समेत प्रशिक्षक श्रेष्ठले जानकारी गराए।

अक्टोबर १ देखि ३ सम्म आयोजना हुने लिग प्रतियोगिताका लागि अनु एक्लै आजै त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

प्रकाशित: Sep 28, 2021| 14:39 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।