बिहीबार, भदौ ४, २०८३

झन्डै तीन लाख मूल्य बराबरको चिनी बरामद

प्रहरीले कञ्चनपुरबाट झन्डै तीन लाख मूल्य बराबरको भन्सार छलीको चिनी बरामद गरेको छ।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

धनगढी- प्रहरीले कञ्चनपुरबाट झन्डै तीन लाख मूल्य बराबरको भन्सार छलीको चिनी बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्लाको भीमदत्त नगरपालिका–१ भाँसीबाट २ लाख ७३ हजार मूल्य बराबरको भन्सार छलीको ४२ क्वीन्टल चिनी बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले भीमदत्त नगरपालिका–१८ का १८ वर्षीय बिक्की गुप्ताले भारतबाट भन्सार छली चोरी पैठारी चिनी ल्याएको बताए। 

प्रहरी नायव उपरीक्षक न्यौपानेले बरामद गुप्ता र बरामद गरिएको चिनी आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको बताए।

प्रकाशित: Jul 29, 2021| 10:16 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।