बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आयाराम–गयारामहरूको उक्साहटमा नपरी ओली र नेपालले वार्ता गर्नुपर्छ : रावल

आयाराम–गयारामहरूको उक्साहटमा नपरी ओली र नेपालले वार्ता गर्नुपर्छ : रावल

नेकपा एमालेका सांसद एवं वैकल्पिक केन्द्रीय सदस्य झपट रावलले जस्तोसुकै एकता विरुद्धको उक्साहटलाई खारेज गर्दै एमालेको एकताका लागि दुई शीर्ष नेताबीच अविलम्ब संस्थागत संवाद हुनुपर्ने धारणा राखेका छन्। 
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं– नेकपा एमालेका सांसद एवं वैकल्पिक केन्द्रीय सदस्य झपट रावलले जस्तोसुकै एकता विरुद्धको उक्साहटलाई खारेज गर्दै एमालेको एकताका लागि दुई शीर्ष नेताबीच अविलम्ब संस्थागत संवाद हुनुपर्ने धारणा राखेका छन्। 

‘हाम्रो लडाइँ संसद् जोगाउनका लागि थियो, सरकारमा जान र मन्त्री बन्नका लागि थिएन। हाम्रो कारण संसद् जोगिएको छ,’ उनले भनेका छन्, ‘हामी सबैले सामूहिक रूपमा राजनीतिक जीवनलाई दाउमा राखेका थियौं। मूलतः हाम्रो पार्टीको एकताका लागि वैशाख २७ गते संसद् बैठकमा अनुपस्थित हुने २८ सांसद र संसद् विघटनपछि प्रतिनिधिसभा बचाउन सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने २३ जना सांसद एमाले जोगाउने प्राथमिकता हो।’

उनले विधि, पद्धतिबाट पार्टीलाई संस्थागत आधारमा चलाउने गरी सम्मानजनक एकता अहिलेको आवश्यकता भएको पनि बताएका छन्।

‘हिजो प्रतिगमनको मतियार बनेका र पार्टी अध्यक्षलाई प्रतिगामी कदम चाल्न उक्साउने स्वार्थी अवसरवादीहरू केपी ओली सत्ता बाहिर गएपछि मुसा प्रवृत्ति देखाइरहेका छन्,’ उनले भनेका छन्,‘उनीहरू अहिले कोही हामी एमाले होइनौं भन्दै अदालततिर धाइरहेका छन् भने कोही मन्त्री पदको लागि अवसर खोज्दैछन्। अन्य मतियारहरूको कुरै नगरौं।’

जस्तोसुकै एकता विरुद्धको उक्साहटलाई खारेज गर्दै एमालेको एकताका लागि दुई शीर्ष नेताबीच अविलम्ब संस्थागत संवाद हुनुपर्ने उनको भनाइ छ। ‘सुदृढ र सबल नेकपा एमालेको विकल्प छैन । आयाराम गयारामहरूको उक्साहटमा कोही पर्न हुन्न,’उनले भने,‘समयको माग पनि यही हो । सबैलाई समयमै चेतना होस्।’

प्रकाशित: Jul 29, 2021| 09:37 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।