बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद् विस्तारअघि प्रचण्ड र माधव नेपालबीच छलफल

मन्त्रिपरिषद् विस्तारअघि प्रचण्ड र माधव नेपालबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका छन्।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका छन्।

बिहीबार बिहान नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका प्रचण्डले दिउँसो कोटेश्वर पुगेर नेता नेपालसँग छलफल गरेका हुन्। 

‘उहाँ (प्रचण्ड) केहीबेर भेटघाटका लागि आउनुभएको हो,’नेपाल निकट एक नेताले भने,‘सामान्य छलफल हो, अरु त्यस्तो केही होइन।’ तर, स्रोतका अनुसार माधव नेपाल समूहले सरकारमा सहभागी नहुने बताएपछि उनलाई मनाउन प्रचण्ड भेट्न गएको बताइएको छ । 

बुधबार बिहान बालुवाटारमा भएको गठबन्धनको बैठकमा नेता नेपालले आफ्ना सहयोगी पोलिटब्युरो सदस्य डा. विजय पौडेललाई पठाएका थिए। नेता नेपालकै सन्देश अनुसार पौडेलले बैठकमा आफूहरु सरकारमा सहभागी नहुने प्रष्ट पारेका थिए। 

नेता नेपालले बुधबार आफू निकट सांसदहरुसँग गरेको छलफलमा पनि कतिपय सांसदहरुले सरकारमा सहभागी हुनुपर्ने सुझाव दिए पनि समग्र रुपमा आफनो समूहको आधिकारिक धारणा नआएको र नेताहरुले एकताको प्रयास भइरहेकाले सरकारमा जान उचित नहुने बताइरहेका छन्।

प्रकाशित: Jul 29, 2021| 09:31 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।