बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विराटनगर महानगरपालिका प्रमुख पराजुलीविरुद्ध प्रदर्शन

विराटनगर महानगरपालिका प्रमुख पराजुलीविरुद्ध प्रदर्शन

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीविरुद्ध नाराबाजी भएको छ। महानगरपालिका अगाडि बिहीबार स्थानीयवासीले प्रदर्शन गरेका हुन्। 
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

विराटनगर- विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीविरुद्ध नाराबाजी भएको छ। महानगरपालिका अगाडि बिहीबार स्थानीयवासीले प्रदर्शन गरेका हुन्। 

बुधबार राति विराटनगरको मुनाल पथमा विराटनगर-५ का बुथ सभापति विमल राजभण्डारीका घरमा कार्यकर्ताका लागि मात्र भेरोसेल खोप दिइरहेको थाहा पाएपछि स्थानीयबासीले प्रमुख पराजुलीलाई त्यहाँबाट लखेटेका थिए।

राजभण्डारीको घरमा भिडभाड देखिएपछि स्थानीयले के भएको भनेर चासो राख्ने क्रममा कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईदै गएको खुलेको थियो। होहल्ला र विरोध हुन थालेपछि प्रमुख पराजुली भन्सार ऐजेन्ट तथा कांग्रेस नगर उपसभापति रहेका प्रविण जोशीको गाडीमा चढेर भागेको प्रत्यक्षदर्शी प्रविण भारद्वाज निरौलाले बताए। 

प्रमुख पराजुलीले आफ्ना समर्थकलाई मात्र खोप उपलब्ध गराएको भन्दै स्थानीय युवाले महानगरपालिका अगाडी प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले सबैलाई खोप उपलब्ध गराइयोस् भन्दै प्लाकार्ड देखाएका थिए। उनीहरूले प्रमुख पराजुलीविरुद्ध नारावाजीसमेत गरेका थिए। 

कांग्रेसका स्थानीय नेता दीपक चापागाईले कसैको घरमा गएर खोप लगाइनु दुःखद भएको र यो घटनाले कांग्रेसकै बदनाम गरेको टिप्पणी गरेका छन्। उनले खोप केन्द्रमा थामिनसक्नु भिड भएको र मानिसहरुले अत्यन्तै कष्ठकर रुपमा खोप लगाउनु परेका बेला प्रमुख पराजुली नै संलग्न रहेर कसैको घरमा लगेर खोप लगाइनु दुखद् भएको बताए।

महानगर प्रमुख पराजुलीले बाहिर हल्ला भएजस्तो नभएको दाबी गरे।

प्रकाशित: Jul 29, 2021| 09:14 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।