बिहीबार, भदौ ४, २०८३

सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डा मिल्यो

सत्तारुढ गठबन्धनमा ‘पावर सेयरिङ’को सहमति भएको छ। सत्तारुढ गठबन्धनका नेताहरुको आज बिहीबार बसेको बैठकले मन्त्रालयको भागवण्डा टुंगो लगाएको हो।  
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं– सत्तारुढ गठबन्धनमा ‘पावर सेयरिङ’को सहमति भएको छ। सत्तारुढ गठबन्धनका नेताहरुको आज बिहीबार बसेको बैठकले मन्त्रालयको भागवण्डा टुंगो लगाएको हो।  

गठबन्धनको सहमतिअनुसार सबैभन्दा धेरै मन्त्रालय सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले पाएको छ। कांग्रेसले उपप्रधानसहित ८ मन्त्रालय पाउने भएको छ। यस्तै माओवादीले र जसपाले समान ७–७ वटा मन्त्रालय पाउने गरी सहमति जुटाइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।  

नेकपा एमालेको माधवकुमार नेपाल समूह भने तत्काल सरकारमा नजाने भएको छ। नेपाल समूहले सरकारमा नजाने बताएसँगै सत्तारुढ तीन दलले पावर सेयरिङमा सहमति जुटाएका हुन्। 

सरकारमा सहभागी नभए पनि नेपाल समूहलाई राजनीतिक र संवैधानिक नियुक्तिमा भने समेट्ने सहमति गठबन्धनले गरेको छ। ‘उहाँहरु (नेपाल समूह) ले सरकारमा आउँदैनौं भन्नुभयो। त्यसैले हामीले आपसमा मन्त्रालयको बाँडफाँड गरेका छौं,’ ती नेताले भने, ‘तर उहाँहरुलाई राजनीतिक र संवैधानिक नियुक्तिमा भने राम्रो अवसर दिने सहमति भएको छ।’

मन्त्रालयको भागवण्डा टुंगो लागेसँगै मन्त्रीपरिषद् विस्तारको तयारी समेत गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रिपरिषद् विस्तार तत्काल गर्नुपर्ने भएकाले मन्त्रीको नाम दिन आग्रह गरेका थिए। उनले मन्त्रालयको बाँडफाँड समेत तत्काल गर्न भनेका थिए। देउवा र प्रचण्डको भेटवार्तापछि गठबन्धनका नेताहरु पावर सेयरिङमा छलफल गर्न जुटेका थिए। 

छलफलमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला, माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई सहभागी थिए।

प्रकाशित: Jul 29, 2021| 09:07 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।