शुक्रबार, कात्तिक २८, २०८२

बलिउडमा पोर्न र्‍याकेटबारे जोया राठौरको नयाँ खुलासा

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको गिरफ्तारीपछि हरेक नयाँ नयाँ–नयाँ खुलासा भइरहेको छ। हालै मोडल जोया राठौरले ‘पोर्न र्‍याकेट’ बारे नयाँ खुलासा गरेकी छिन्। 
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं– अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको गिरफ्तारीपछि हरेक दिन नयाँ–नयाँ खुलासा भइरहेको छ। हालै मोडल जोया राठौरले ‘पोर्न र्‍याकेट’ बारे नयाँ खुलासा गरेकी छिन्। 

National life

राजले आफूलाई पनि पोर्न फिल्मको अफर गरेको उनले बताएकी छिन्। यतिमात्रै होइन, राजका सहयोगीका रुपमा चिनिएका अभिनेता उमेश कामतले उनलाई ‘ह्वाट्सएप’का लागि काम गर्न कैयौँपटक फोन गरेको समेत उनले खुलाएकी छिन्। 

जोयाका अनुसार गत फेब्रुअरीमा उमेशले पक्राउ पर्नुअघि नै उनलाई एडल्ट फिल्ममा काम गराउनका लागि मनाइसकेका थिए। उमेशले जोयालाई अफिसमा बोलाउनुको सट्टा ह्वाट्सअपबाटै न्युड अडिसन दिन भनेका थिए। तर, जोयाले अफर लत्याएपछि उमेशले निरन्तर फोन गरिरहे। एडल्ड फिल्मका लागि हरेक दिन २० हजार रुपैयाँ पारिश्रमिक दिने प्रस्ताव राखिरहे।

एक भारतीय च्यानलसँग दिएको इन्टरभ्युमा जोयाले भनेकी छिन्, ‘गिरफ्तारी हुनुअघि उमेशको लगातार फोन आइरह्यो। ह्वाट्सएपका लागि काम गर्ने राय नामका एक व्यक्तिले पनि फोन गरेका थिए। उसले म युकेमा बस्छु र इन्टरनेशनल लेभलका लागि न्यूज वेबसिरिज बनाइरहेको बताएको थियो। काम गर्ने हो भने हरेक दिनको ७० हजार पारिश्रमिक दिन्छु भन्दै प्रस्ताव गरेको थियो।’

जोया यसअघि ‘बडे अच्छे लगते है’, ‘सौभाग्यवती भव’ र ‘फियर फाइल्स’जस्ता टिभी शोमा काम गरिसकेकी थिइन्। उनले यश ठाकुरसँग न्यूफ्लिक्स एपका लागि एक बोल्ड शोमा पनि काम गरेकी थिइन्। उनले २०२० मा यशसँगै ‘मलिकाना हक’मा पनि काम गरेकी थिइन्। उनी यतिखेर ठाकुर र राज कुन्द्रासँगको कनेक्सनबाट आफूलाई केही जानकारी नभएको दाबी पनि गरिरहेकी छिन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 29, 2021| 08:36 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्