बुधबार, चैत ११, २०८२

नकआउटमा को-को पुग्लान् र कुन-कुन टिम बाहिरिए ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- समूह चरणको दोस्रो गेम सबै सहभागी देशहरूको सकिसकेको छ। सोमबारबाट समूह चरणको तेस्रो खेल सुरू हुदैछ। अहिलेसम्म ३२ खेल भइसकेको छ । यस पटकको विश्वकप एकतर्फ अप्रत्यासित छ भने अर्को तर्फ यसैले विश्वकपलाई अझ रोमाञ्चक बनाएको छ।
 
ग्रुप 'ए' 

समूह चरणका तेस्रो खेलमा आज रूस र उरूग्वे बीच बहुप्रतिक्षित खेल हुन गइरहेको छ । रूस र उरूग्वे जसले जित्छ सो टिम समूह विजेता हुने छ भने  हार्ने उपविजेता। अहिलेसम्म दुवै देशको उतिकै ६ अंक रहेको छ। 

यसै गरी, इजिप्ट र साउदी अरबियाबीचको खेल भइरहेको छ । यो खेल भने औपचारिकताको लागि मात्र हुनेछ । किन भने नकआउटका लागि रूस र उरूग्वे छनोट चरणमा पुगिसकेका छन् । समुह विजेताका लागि उनीहरु समाराका स्टेडियममा खेल भइरहेको छ । 

ग्रुप ‘बि’

त्यस्तै, विश्वकपका दाबेदार मानिएको दुई राष्ट्र : स्पेन र पार्चेुगलको पनि  समान अंक रहेको छ। इरान ३ अंकसहित नकआउटमा छिर्नको लागि आतुर छ । पार्चेुगल र इरानको भीडन्त हुँदछै भने स्पेन र मोरोर्कोको हुन लागेको छ।

यस अघिका खेलको मूल्याकंन गर्दा स्पेन र र्पोचुगल नकआउट छिर्नसक्ने सम्भावना भएका टिम हुन्। पोर्चुगल र इरानको सन्दर्भमा भने यदि पोर्चगुलले जीतेमा सोतह नबआउटमा छिनेृ छ । तर, इरानले जितेमा नकआउट छिर्नको लागि पोर्चुगलको भन्दा बढी गोल गरेको हुनु पर्नेछ । यस कारण इरानलाई आजको खेल निकै महत्वपूर्ण र बढी गोल गर्नु  पर्नेछ। 

ग्रुप ‘सी’

समूह चरणको तेस्रो खेल अन्र्तगत , फ्रान्स र डेनमार्क बीच खेल हुनेछ । फ्रान्स सर्वाधिक अंक सहित पहिलो. स्थानमा छ भने डेनमार्क दोस्रो । फ्रान्स नकआउटमा जानको लागि लगभग निश्चित छ । यदि फ्रान्सmे डेनमार्कलाई हराएमा  र पेरूले अस्टेलियासँग हारेमा डेनमार्क र अस्ट्रेलिया लियाबीचको गोलको संख्याको आधारमा दुई जनामा एक जान पाउने छन् भने । डेनमार्क विजेता भएमा अर्को खेलमा जोसुकै विजेता भए पनि नकआउट हुने निश्चित छ । 

ग्रुप ‘डी’

समूह चरणका तेस्रो खेल निकै सनसनी पूर्ण रहेको छ । यस खेलले ३ देश नाइजेरिया, अर्जेटिना र आइसल्यान्डमा एक टिमलाई नकआउटको लागि टोका खोल्ने छ । सर्वोउत्कृष्ट अंकसहित क्रोएसिया नकआउटको यात्रा गरिसकेको छ ।
 
मंगलबार हुने नाइजेरिया र अर्जेटिनाबीचको खेलमा अर्जेटिनाले जिते र आइसल्यान्डलाई क्रोएसियाले बराबरीमा रोके अर्जेटिना निविर्रोध रूपमा उपसमूह विजेता हुदै नकआउटमा पुग्ने छ । तर, अर्जेटिनाको हारले नाइजेरिया र क्रोएसियालाई समूह विजेता र उपविजेता क्रमश रूपमा बनाउनेछ । यदि अर्जेटिना र आइसल्यान्ड दुवैले जिते उनीहरूको गोल संख्याले निधारर्ण गर्नेछ । यस कारण अर्जेटिनालाई गोल संख्या बढाउनु पर्नेछ ।   

ग्रुप 'ई'

यस समूहबाट कोस्टारिका सोतह पेरू नकआउट भइसकेको छ  । ब्राजिलले यो खेल जितेमा सरासर नकआउटमा जाने छ । यसले स्विजरल्यान्डलाई पनि नकआउटको लागि यात्रा सहज बनाउने छ । तर, सर्बियाले जितेमा  ब्राजिल र स्विजरल्यान्डबीचमा गोलअन्तरले दुईमा एक जानेछ । यी ३ देशमा कसले बाजी मार्ला त्यो भने अनिश्चित रहेको छ ।

ग्रुप ‘एफ’

यस समूहबाट साउथ कोरिया आउट भइसकेको छ भने मेक्सिको नकआउटको भित्र छिरिसकेको छ ।  दोस्रो स्थानको लागि भने जर्मजीले कोरियालाई हराउनु पनेएछ । स्वीडेनको नकआउट चरणको यात्रा भने मेक्सिको र जर्मनी दुवैको हारमा मात्र सम्भव हुनेछ । 

ग्रुप ‘जी’

समूह ‘जी’ मा सोतह इंग्ल्यान्ड र बेल्जियम कालिननग्रार्ड बिहीबार हुने म्याचमा समूह विजेता  । उनीहरूको बराबरी भए भने पनि पानामा र ट्युनेसियनले आफ्नो देशको लागि टिकट काट्ने छन् ।
 
ग्रुप ‘एच’

पोल्यान्डलाई नकआउटको यस यात्रामा पूर्णविराम लागेको छ । जापान र पोल्यान्डको खेलमा पोल्यान्डले जिते पनि जापानको यात्रा निश्चिित छ । सेनेगलले जितेमा समूह विजेता भएर नकआउटलाई पुग्नसक्छ भने कोलँबियाले जितेमा कोल्ँिबया जानेछ । यदि, जापान र सेनेगल दुवैले जितेमा गोल संख्याको आधारमा दुई मध्ये कुन जानेछ निधो हुनेछ । 

नक आउटमा पुग्न नसकेका 

१. साउदी अरेबिया
२. इजिप्ट
३. मोरक्को
४. पेरु
५. कोष्टारिका
६. दक्षिण कोरिया
७. ट्युनिसिया 
८. पानामा
९. पोल्याण्ड

नकआउटमा पुगेका 

१. रुस,
२. उरुग्वे
३. फ्रान्स
४. क्रोएसिया 
५. इंग्ल्यान्ड
६. बेल्जियम



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।