बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपाल निकट अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्दै

माधव नेपाल निकट अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्दै

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। 
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। 

नेपाल निकट अनेरास्ववियुकी महासचिव आरती लामाले शनिबार राष्ट्रिय भेला आयोजना गरिएको जानकारी दिइन्। बबरमहलस्थित कार्की ब्याङक्वेटमा आयोजना गरिएको भेलालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

भेलाको तयारीस्वरुप बिहीबार उपत्यकास्तरीय विशेष भेला आयोजना गरिएको छ। पार्टी अध्यक्ष केपीशर्मा ओली निकट युवा संघले युथ फोर्स गठन गरेपछि त्यसलाई काउन्टर दिन भन्दै माधव नेपालको विद्यार्थी संगठनले अखिल फोर्स गठन गरेको थियो।

प्रकाशित: Jul 29, 2021| 05:19 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।