धनगढी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा छापा हानेको छ।
आर्थिक वर्ष २०७७/७८ मा योजना सम्पन्न नहुँदै बजेट भुक्तानी दिएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले नगरपालिकामा छापा हानेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले नगरपालिकामा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको बताए।
‘सडक पूर्वाधारका काम सम्पन्न नहुँदै भुक्तानी दिएको भन्ने उजुरीको आधारमा हाम्रो टोलीले नगरपालिकामा छापा हानेको हो', जोशीले भने, ‘केही कागजात नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ।’