बिहीबार, कात्तिक २७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • गाउँमा चुन खानी छ, जनप्रतिनिधि भन्छन्- हामीलाई थाहै छैन

गाउँमा चुन खानी छ, जनप्रतिनिधि भन्छन्- हामीलाई थाहै छैन

कैलालीको पूर्वपश्चिम राजमार्गसँगै रहेको बर्दगोरीया गाउँपालिकामा प्रशस्त मात्रा चुन खानी रहेको स्थानीयको दाबी छ। 
 |  बिहीबार, साउन १४, २०७८

भीम चौधरी

भीम चौधरी

बिहीबार, साउन १४, २०७८

धनगढी- कैलालीको पूर्वपश्चिम राजमार्गसँगै रहेको बर्दगोरीया गाउँपालिकामा प्रशस्त मात्रा चुन खानी रहेको स्थानीयको दाबी छ। 

National life

स्थानीयका अनुसार गाउँपालिकाको वडा नम्बर-२ छोट्की पिरुवा क्षेत्र र बर्दगोरीया धामको खोचमा प्रशस्त मात्रामा चुन खानी रहेको छ। 

तत्कालीन दोदोधारा गाउँ विकास समितिका प्रधानपञ्चसमेत रहेका स्थानीय उपेन्द्र बमले बि. स. २०४१ सालदेखी लगातार तीन वर्ष सो क्षेत्रको चुन खानीबाट चुन उत्खनन् तथा प्रशोधन गरिएको बताए। त्यो बेला स्थानीय भक्तबहादुर बमले छोट्की पिरुवामा भट्टा लगाएर चुन खानी उत्खनन तथा प्रशोधन गरेको उनले जानकारी दिए। बमले भने, ‘प्रविधिको अभाव र बजारको प्रतिस्पर्धाका कारण धेरै समय भट्टा चल्न सकेन।’

सरकारले यो विषयलाई गम्भीरता पूर्वक लिई सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्दै चुन प्रशोधन गर्न सके पालिकाको प्रमुख आयस्रोत बन्ने बलियो सम्भावना रहेको उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

तर, बर्दगोरीया गाउँपालिकाका अध्यक्ष बलिराम डगौरा थारुले भने सो विषयमा आफू जानकार नभएको बताए। हाम्रो पालिकामा चुन खानी छ र? अध्यक्ष डगौरा थारुले भने, ‘मलाई त अहिलेसम्म कसैले भनेन्। यो कुराको जानकारी मैले तपाईबाट पाउँदै छु,’ उनले भने। चुन खानीको बारेमा थाहा पाएको भए पहिले नै सरोकारवालासँग छलफल गरेर प्रशोधनको प्रकृया अगाडि बढाइसक्नेको हुने उनले बताए।

तत्कालीन दोदोधारा गाउँ विकास समितिका प्रधानपञ्चसमेत रहेका स्थानीय उपेन्द्र बमले बि. स. २०४१ सालदेखी लगातार तीन वर्ष सो क्षेत्रको चुन खानीबाट चुन उत्खनन् तथा प्रशोधन गरिएको बताए।

सोही वडाका अध्यक्ष भेखु चौधरीले चुन खानीबारे हल्ला सुनेको भए पनि सो बिषयमा जानकार नभएको बताए। उता बम भने चुन खानीबारे अध्ययन गरेर उत्खनन गर्न सके गाउँपालिकाको आयश्रोतमा बृद्धि हुनुका साथै स्थानीयले रोजगारी पाउने बताउँछन्। उनले यसबारेमा जनप्रतिनिधि बेखवर हुनु दुखको कुरा भएको प्रतिक्रिया दिए।

तीन वर्ष सो क्षेत्रबाट चुन उत्खनन तथा प्रशोधन गरिसकियकाले जनप्रतिनिधि बेवर हुनु र प्रदेश सरकारले कुनै चासो नदेखाउनुले आफूहरूलाई दुखी तुल्याएको भक्तबहादुर बमले बताए। उनले तीन वर्षसम्म चुन उत्खनन् गरिएको गाउँकै खानीबारे स्थानीय जनप्रतिनिधिले कुनै जानकारी छैन भन्नु थाहा पाएर पनि थाहा नपाए झै गरेको प्रतिक्रिया दिए।

प्रकाशित: Jul 29, 2021| 00:51 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।