बिहीबार, भदौ ४, २०८३

सरकारमा सहभागी हुन अझै केही दिन लाग्छ : जसपा

'सरकारमा सहभागी हुन अझैकेही दिन लाग्ने निष्कर्षमा पार्टी पुगेको छ,' बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले भने।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- सत्ता साझेदार जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने स्पष्ट पारेको छ। बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने निष्कर्ष निकालेको हो। 

'सरकारमा सहभागी हुन अझैकेही दिन लाग्ने निष्कर्षमा पार्टी पुगेको छ,' बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले भने, 'सरकारमा कहिले सामेल हुने? कसरी सामेल हुने? के–कस्ता विषयहरुलाई ध्यान दिने? लगायतका विषयमा आजको बैठकमा सैद्धान्तिक छलफल गरेका छौं। सरकारमा सामेल हुनेबारे सकारात्मक दृष्टिकोणहरु आएका छन्। तर यसबारे अन्तिम निर्णय लिन केही दिन लाग्ने देखिन्छ।'

बैठकले पार्टीको नियमावली अनुमोदन गरेको छ। त्यसैगरी पार्टी एकताका लागि नेकपा लोकतान्त्रिक पार्टीको शिवलाल थापा समूह, नेकपा एकीकृत मार्क्सवादी समूहको अमृत पुरी समूह र लिम्बूवान राष्ट्रिय मञ्चका मछिन्द्र बेगा नेतृत्वको समूहसँग गरिएको सहमति पनि बैठकले अनुमोदन गरेको प्रवक्ता खतिवडाले बताए। जसपाले थापालाई पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा, पुरीलाई राजनीतिक समितिमा र बेगालाई केन्द्रीय कार्य समितिमा मनोनित गर्ने निर्णय पनि गरेको छ।

बिहीबार पुनः तुलसीलाल स्मृति भवनमा केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाइएको छ। बैठकमा सरकारमा सहभागी हुने विषयमा विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए। 

सत्ता साझेदारीका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान साढे ८ बजेका लागि सत्तापक्षका शीर्ष नेताहरूको बैठक बोलाएका छन्। सरकारमा सहभागी हुनेबारे जसपा अनिर्णीत बनेपछि उक्त बैठकले सत्ता साझेदारीको विषय टुंग्याउन मुस्किल पर्ने देखिएको छ। 

प्रकाशित: Jul 28, 2021| 14:20 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।