काठमाडौं- सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बिहीबार बिहान बस्ने भएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर निकट स्रोतका अनुसार बिहीबार बिहान साढे ८ बजेका लागि सत्तारुढ दलको बैठक तय गरिएको हो।
'सत्तारुढ दलका शीर्ष नेताको बैठक भोलि बिहान साढे ८ बजे बोलाइएको छ,' देउवा निकट स्रोतले भन्यो। बैठकमा मन्त्रालय बाँडफाटबारे छलफल गर्ने प्रधानमन्त्री देउवाको तयारी छ।सरकारका न्यूनतम साझा कार्यक्रमका विषयमा पनि बैठकमा छलफल हुन सक्ने बताइएको छ।
यसअघि नै सत्ता पक्षीय गठबन्धन बैठकले शक्ति सन्तुलन र मन्त्रालय बाडफाँडको जिम्मा शीर्ष नेताहरूलाई दिने निर्णय गरेको थियो।