बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफू निकट सांसदसँग नेपालको प्रश्न- ओली पक्षले गरेको दोस्रो अध्यक्षको प्रस्ताव के गर्ने?

आफू निकट सांसदसँग नेपालको प्रश्न- ओली पक्षले गरेको दोस्रो अध्यक्षको प्रस्ताव के गर्ने?

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली पक्षबाट दोस्रो अध्यक्षको प्रस्ताव आएको भन्दै त्यसलाई स्वीकार गर्ने की नगर्नेबारे आफू निकट सांसदहरुसँग सुझाव मागेका छन्।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली पक्षबाट दोस्रो अध्यक्षको प्रस्ताव आएको भन्दै त्यसलाई स्वीकार गर्ने की नगर्नेबारे आफू निकट सांसदहरुसँग सुझाव मागेका छन्।

शेरबहादुर देउवालाई विश्वासको मत दिएका आफू निकट २२ जना सांसदहरुसँगको छलफलमा नेता नेपालले यस्तो सुझाव मागेको सांसद मेटमणि चौधरीले जानकारी दिए। 

‘कार्यदल सदस्यले गरेको कामको बारेमा जानकारी दिनुभयो। हामीले आफ्नो धारणा राख्यौं’, उनले भने, ‘दोस्रो अध्यक्षको प्रस्ताव आएको छ के गर्ने भनेर सुझाव माग्नुभएको थियो। हामीले यो अल्झाउने कुरा मात्रै हो भन्यौं।’ सांसद चौधरीका अनुसार अधिकांश सांसदहरुले अहिलेको स्थितिमा केपी ओलीसँग एकता सम्भव नहुने बताएका थिए।

‘ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाउन सकिने भए पर्खिने नत्र नयाँ कोर्षमा अघि बढ्ने सबैको धारणा रहेको छ’, उनले भने, ‘१५/२० दिन अझै पर्खेर आफ्नो पक्षमा बहुमत पुर्‍याउन सकिन्छ कि भन्ने हो।’ सरकारमा सहभागी हुनुपर्छ भन्ने सबै सांसदहरुको आवाज रहेको भन्दै उनले केही दिन पर्खिनुपर्ने सुझाव भने आएको बताए। 
‘सरकारमा सहभागी हुनेदेखि लिएर सबै ठाउँमा आफूहरुको उपस्थिति हुनुपर्यो भन्ने छ,’उनले भने, ‘हामीहरुको सुझावपछि नेता नेपालले स्टेप चाल्नुहुन्छ।’

एकीकृत कम्युनिष्ट पार्टी बनाएर जानुपर्छ भन्ने आफूहरुको धारणा रहेको भन्दै सांसद चौधरीले नेता नेपालको पनि त्यसैमा जोड रहेको बताए।

प्रकाशित: Jul 28, 2021| 13:21 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।