बिहीबार, भदौ ४, २०८३

महाधिवेशन सर्दैन, सर्दैन, सर्दैन : देउवा  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन कुनै पनि हालतमा नसर्ने बताएका छन्।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन कुनै पनि हालतमा नसर्ने बताएका छन्।

निजी निवास बूढानीलकण्ठमा बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा देउवाले कुनै पनि हालतमा महाधिवेशन नसर्ने बताएका हुन्। 

कांग्रेसले भदौ १६ देखि महाधिवेशन गर्ने तयारी गरेको छ। तर, अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो नै लाग्न सकेको छैन। मंगलबार मात्रै रमेश लेखक नेतृत्वको क्रियाशील छानबिन समितिले देउवालाई प्रतिवेदन बुझाएको थियो। तर, समितिले अझै केही जिल्लाको विवाद समधान गर्न सकेको छैन।  

साउन १२ लाई तोकिएको वडा तहको अधिवेशन समेत क्रियाशीलको काम नसकिँदा यसअघि नै स्थगित गरिसकिएको छ। महाधिवेशन उद्घाटन हुन अब ३५ दिन मात्रै बाँकी छ। यस्तो अवस्थामा देउवाले भने कुनै पनि हालतमा महाधिवेशन सार्न नसर्ने बताउँदै आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।  

‘महाधिदेशन सर्दैन, सर्दैन, सर्दैन। १६ गते महाधिवेशन उद्घाटन गर्ने गरी कार्यतालिका ल्याउनुस्, त्यही अनुसार काम गर्नुस्,’ देउवाले बुधबारको बैठकमा भनेका थिए।

प्रकाशित: Jul 28, 2021| 11:06 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।