बिहीबार, भदौ ४, २०८३

तलब नपाएपछि नागरिकका पत्रकारले थाले धर्ना

नागरिक दैनिकमा कार्यरत पत्रकारले लामो समयदेखि तलब सुविधा नपाएको भन्दै धर्ना सुरु गरेका छन्।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- नागरिक दैनिकमा कार्यरत पत्रकारले लामो समयदेखि तलब सुविधा नपाएको भन्दै धर्ना सुरु गरेका छन्। उनीहरुले बुधबारदेखि सुन्धरास्थित नागरिक दैनिकको कार्यालय परिसरमा धर्ना गरेका हुन्।  

पत्रकार महासंघका सर्लाही अध्यक्ष तथा नागरिक दैनिकका संवाददाता टंक क्षेत्रीले तलब सुविधानको माग गर्दै पटक–पटक व्यवस्थापनको ध्यानाकर्षण गराउँदासमेत नसुनेकाले बाध्य भएर धर्ना सुरु गरिएको बताए। उनीहरुको धर्नामा पत्रकार महासंघका कार्यवहाक अध्यक्ष रमेश विष्ट र महासविच रोशन पुरीले ऐक्यबद्धता जनाएका छन्।

उनीहरुले हालसम्मको बाँकी सम्पूर्ण पारिश्रमिक रकम तत्काल भुक्तानी गरिनुपर्ने, ६ महिना परीक्षण अवधि पूरा गरेका सबै पत्रकारलाई स्थायी नियुक्ति दिनुपर्ने, प्रचलित श्रमजीवी पत्रकारसम्बन्धी ऐनअनुसार सेवा सुविधान दिनुपर्ने लगायतका माग राखेर धर्ना सुरु गरेका हुन्।

प्रकाशित: Jul 28, 2021| 11:03 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।