बुटवल– गुल्मीमा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
दुर्घटनामा चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरका ४५ वर्षिय तेजे खत्री, चन्द्रकोट–५ का ४८ वर्षिय रेशम कार्की र रेसुङगा नगरपालिका–२ बाख्रेछेडाका ६८ वर्षीया काली भन्ने सुशीला बिकको मृत्यु भएको हो।
शान्तिपुरबाट सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज ४५५९ नम्बरको जिप मुसिकोट नगरपालिका–४ दोभान भन्ने ठाउँमा बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।
दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन्। उनीहरुको पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ।