बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभा सदस्य दाहाल भन्छन्- सत्ताको दुरुपयोग गरेर अदालतलाई प्रभावित पार्न खोजियो

राष्ट्रियसभा सदस्य दाहाल भन्छन्- सत्ताको दुरुपयोग गरेर अदालतलाई प्रभावित पार्न खोजियो

राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले शेरबहादुर देउवा नेतृत्वको सरकारले सत्ताको दुरुपयोग गरेर अदालतलाई प्रभावित पार्न खोजेको आरोप लगाएका छन्।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले शेरबहादुर देउवा नेतृत्वको सरकारले सत्ताको दुरुपयोग गरेर अदालतलाई प्रभावित पार्न खोजेको आरोप लगाएका छन्।

राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै दाहालले भ्रष्टाचारको मुद्दा लागेको विजय गच्छदार धरौटीमा छुटेको घटना र आफताब आलमका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सत्तालाई दुरुपयोग गरेर अदालतलाई प्रभावित पार्न खोजिएको प्रष्ट हुने दाबी गरे।

उनले स्वास्थ्य राज्यमन्त्री र योजना आयोगका उपाध्यक्षमा पनि बिजनेश पार्टनरलाई नियुक्त गरिएको भन्दै सरकारले शुभ संकेत नदेखाएको टिप्पणी गरे।

नेकपा एमालका सांसद दाहालले वर्तमान सरकारले बाढीपीडितहरुलाई राहत देला जस्तो आफूलाई नलागेको सुनाए। उनले वर्तमान सरकार परमादेशको सरकार भएको भन्दै कसैकसैले जनादेशको सरकार भनेकोमा आपत्ति प्रकट गरे।

उनले २०७४ सालको आम निर्वाचनको स्मरण गर्दै एमालेलाई धोका दिएर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएकाले उनी प्रधानमन्त्री बनेको भन्दै यो परमादेशको सरकार भएको टिप्पणी गरे। साथै उनले संविधानमै नभएको व्यवस्थाअनुसार प्रधानमन्त्री नियुक्त गरिएको बताए।

प्रकाशित: Jul 28, 2021| 09:45 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।