बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अदालतमा टोपबहादुर रायमाझीको दाबी- माओवादीमै छु, एमालेमा प्रवेश गरेको छैन

अदालतमा टोपबहादुर रायमाझीको दाबी- माओवादीमै छु, एमालेमा प्रवेश गरेको छैन

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनसँगै नेकपा एमालेमा विलय भएका टोपबहादुर रायमाझीले आफू एमालेमा प्रवेश नगरेको भन्दै सांसद पदमा पुनर्वहाली गर्न माग गरेका छन्।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनसँगै नेकपा एमालेमा विलय भएका टोपबहादुर रायमाझीले आफू एमालेमा प्रवेश नगरेको भन्दै सांसद पदमा पुनर्वहाली गर्न माग गरेका छन्।

बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन माग गर्दै दायर गरेको रिटमा नेता रायमाझीले आफू एमालेमा प्रवेश नगरेको जिकिर गरेका हुन्।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलासँगै तत्कालीन नेकपा पूर्ववत् नेकपा एमाले र माओवादी केन्द्रको हैसियतमा फर्किएपछि रायमाझी केपी शर्मा ओलीको नेकपा एमालेतिर लागेका थिए। ओली निकट रहेर मन्त्री बनेका रायमाझीसँगै लेखराज भट्ट र प्रभु साह पनि एमालेमै मिसिएका थिए। त्यस्तै अर्का नेता मणिचन्द्र दाहाल पनि एमालेमै समाहित भएका थिए।

पार्टी दुई भइसकेपछि एमाले रोजेकाहरुलाई नेकपा माओवादी केन्द्रले गत चैत २६ गते दल त्याग गरेको जानकारी संसद सचिवालयमा गराएर सांसद पद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। त्यसको लामो समयपछि रायमाझी अदालत पुगेर आफ्नो सांसद पद जोगाइदिन याचना गरेका हुन्।

उनले आफ्नो निवेदनमा आफू अहिलेसम्म एमालेमा औपचारिक रुपमा प्रवेश नगरेको बताएका छन्।

‘केपी ओलीले नेतृत्व गरेको वहा अध्यक्ष भएको नेकपा एमालेमा आजसम्म् म निवेदक औपचारिक रुपमा प्रवेश गरेको छैन। एमालेको पार्टीको सदस्यता लिएको छैन। मिति २०७८ असार २३ मा म निवेदकले निर्वाचन आयोगबाट निवेदन गरी निकालेको प्रतिलिपिअनुसार नेकपा एमाले केन्द्रीय कमिटीको सदस्यमा म छैन। नेकपा माओवादी (एकता केन्द्र) को केन्द्रीय समिति सदस्यमा म रहेको छु। सो दुवै दलको कार्य समितिको प्रमाणित प्रतिनिधि यसै निवेदन साथ मैले पेश गरेको छु।’ उनले निवेदनमा भनेका छन्।

नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्रले आफूलाई कारबाही गर्दा कुनै स्पष्टीकरण नसोधेको उनको दाबी छ। ‘मलाई सफाईको मौका दिएको छैन। मलाई स्पष्टीकरण सोध मैले दिने जवाफबाट पार्टीले मलाई कारबाही गर्ने ठाउँ नरहने हुँदा मेरो आँखा छलेर मलाई स्पटीकरणको पत्र नदिई मलाई दिने भनी लेखिएको मेरो नामको पत्र निर्वाचन आयोगमा बुझाएको रहेछ। जुन मैले नक्कल सारी थाहा पाएको हुँ।’ उनले निवेदनमा भनेका छन्।

नेता रायमाझीले माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रको निकै आलोचना गर्दै आएका छन्। साथै उनले प्रचण्डलगायतका नेताहरुको आलोचना र ओलीको बचाउमा आफ्नो समय खर्च गर्ने गरेका छन्।

प्रकाशित: Jul 28, 2021| 09:13 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।