काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा भाइबरमा जोडिएका छन्। देउवा बुधबार भाइबरमा जोडिएका हुन्।
ट्वीटर मार्फत उनले आफू भाइबरमा जोडिएको जनाएका छन्। उनले आफ्ना सबै गतिविधिको जानकारी भाइबरको आधिकारिक कम्युनिटी मार्फत जानकारी दिने जनाएका छन्।
‘प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामका बारेमा जानकार रहन भाइबरको आधिकारिक कम्युनिटी जोइन गर्नुहोस्,’ ट्वीटमार्फत उनले भनेका छन्।