बिहीबार, भदौ ४, २०८३

धनगढीमा १७ हजार ५ सय जनालाई भेरोसेल खोप लगाउन सुरु

धनगढी उपमहानगरपालिकाले बुधबारदेखी नगरमा कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको छ। 
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

धनगढी- धनगढी उपमहानगरपालिकाले बुधबारदेखी नगरमा कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको छ। 

नगरका २२ स्थानमा २६ केन्द्र बनाएर खोप लगाउन सुरु गरेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक लक्ष्मीप्रसाद उपाध्यायले बताए। उनका अनुसार तीन दिनसम्म सञ्चालन हुने अभियानमा १७ हजार ५ सय नागरिकलाई कोरोना खोप लगाइने लक्ष्य छ। 

जसमध्य ६ हजार नागरिकलाई दोश्रो चरणको खोप दिइनेछ। यस अघि धनगढी उपमहानगरपालिकाका १७ देखी १८ हजार नागरिकले कोरोना विरुद्धको भेरोसेल र कोभिसिल्डको दुई वटै डोज खोप लगाइसकेका छन्। 

स्वास्थ्य निरीक्षक उपाध्यायका अनुसार १८ गतेदेखी अमेरिकन सरकारले उपलब्ध गराएको जोनसोन एण्ड जोनसन खोप लगाउन सुर गरिने छ। 

आजदेखी सुरु भएको कोरोनाविरुद्धको खोप लगाउन ५५ वर्षमाथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई खोप प्राथमिकता दिएको छ।  खोप प्राप्त गर्न ५५ वर्ष उमेर समूहकाले आफ्नो उमेर खुल्ने आधिकारी प्रमाणपत्र, विश्वविद्यालय र विद्यालयको हकमा परिचयपत्र, चालक तथा सहचालकको हकमा सवारी साधन नम्बरसहितको तथ्यगत विवरण प्रमाणीत गरेको यातायात व्यवसायी संघको आधिकारीक प्रमाणपत्र लगेर जानुपर्ने छ। 

यस्तै खोप अनिवार्य गरेको देश जान लागेकाहरूले पासपोर्ट र भीसा देखाएर खोप लगाउन सक्ने छन्। सुदूरपश्चिमका अन्य क्षेत्रमा पनि आजदेखि खोप लगाइनेछ।

प्रकाशित: Jul 28, 2021| 07:48 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।