बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लेटर प्याड, छाप र अध्यक्षको हस्ताक्षर दुरुपयोग गर्नेलाई कारबाही गर्न माओवादी केन्द्रको माग

लेटर प्याड, छाप र अध्यक्षको हस्ताक्षर दुरुपयोग गर्नेलाई कारबाही गर्न माओवादी केन्द्रको माग

नेकपा माओवादी केन्द्रले पार्टीको लेटर प्याड, छाप र अध्यक्षको हस्ताक्षर दुरुपयोग गर्ने अनुसन्धान गरेर कारबाही गर्न माग गरेको छ। 
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टीको लेटर प्याड, छाप र अध्यक्षको हस्ताक्षर दुरुपयोग गर्ने अनुसन्धान गरेर कारबाही गर्न माग गरेको छ। 

माओवादी केन्द्रका पार्टी कार्यालय सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।

‘केही अपराधिक, अराजक एवम प्रतिगामी तत्वहरूले हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को लेटर प्याड, पार्टीको छाप र अध्यक्ष कमरेड प्रचण्डको नक्कली हस्ताक्षर राखि सिंगो पार्टी पंक्ति, ५ दलीय गठवन्धन र आम जनसमुदायमा समेत भ्रम सिर्जना गर्ने कुत्सित उद्देश्यका साथ सामाजिक सञ्चालमा कथित मन्त्रिमण्डल बिस्तार सम्बन्धमा भनी गलत सूचना प्रवाह गरिरहेको सम्बन्धमा हाम्रो पार्टीको गम्भीर ध्यान आकृष्ट भएको छ,’ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

केही समय यता यस किसिमका प्रतिगमनकारी, पश्चगामी र पुरातनवादी तत्वहरू अत्तालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई बद्नाम गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरु गर्दै आइरहेको माओवादी केन्द्रले जनाएको छ। 

‘यस किसिमका किर्ते र झुठ प्रचारको भ्रममा नपर्न सिंगो पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिहरू र आम जनसमयुदायमा समेत हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ,‘प्रविधिको दुरुपयोग गरी समाजमा भ्रम फैलाउने तत्वहरूमाथि यथाशीघ्र अनुसन्धान गरी कडा कारबाहीको माग गर्दछौं।’

प्रकाशित: Jul 28, 2021| 07:25 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।