बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ। 
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ। 

मंगलबारदेखि सुरु भएको बैठक आज दिउँसो ३ बजे पनि बस्ने तय भएको थियो। तर, आजका लागि बस्ने भनिएको बैठक स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। 

उनका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको हो। उनका अनुसार अर्को बैठक कहिले बस्ने भन्ने यकिन भइसकेको छैन।

आज बस्ने भनिएको बैठकले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने भनिएको थियो।

प्रकाशित: Jul 28, 2021| 06:54 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।