काठमाडौ- सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका हुन्।
सभापति देउवाले क्रियाशील सदस्यता छानविन समितिले मंगलबार बुझाएको प्रतिवेदन र क्रियाशील सदस्य विवादवारे छलफल गर्न बैठक बोलाएका हुन्।
बैठक बिहान ११ बजेपछि देउवा निवास बूढानिलकण्ठमा बस्ने छ। समितिले देशभरका गरी कूल ८ लाख ५२ हजार क्रियाशील सदस्यको नामावाली तयार पारेर सुझावसहितको प्रतिवेदन सभापति देउवालाई बुझाएको छ।
बारा, सप्तरी, धनुषा र सर्लाहीको नयाँ सदस्य वितरणको विवाद शीर्ष नेताहरूकै बीचबाट सुल्झाउन आग्रह गर्दै समितिले प्रतिवेदन बुझाएको छ।